१४ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु एक सयले घट्यो पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायालयको विवाद गुटको झगडा : एमाले उपमहासचिव ज्ञवाली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अदालतको विवाद गुटको झगडाजस्तो भएको टिप्पणी गरेको छ । प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, सर्वोच्च अदालतमा जारी आन्दोलन कुनै सुधारको लागि नभइ कसैको स्वार्थ पुरा गर्नका लागि भएको जस्तो देखिएको छ । ज्ञवालीले कतिपय पार्टीहरु अदालतविरुद्ध आफू नदेखिने, तर छद्‌म युद्ध लडेको पनि टिप्पणी गर्नुभयो । 

ज्ञवालीले भन्नुभयो, ‘आज भइरहेको आन्दोलनको मूल विषय न्यायालय सुधारको हड्ताल होइन, संकटकालमा समेत रोक्न नपाइने बन्दीका मुद्दाहरु समेत रोकिएको छ। यो आन्दोलन मर्यादाभन्दा बाहिर गएको र व्यक्ति केन्द्रित भएर शुरु भएको आन्दोलनले न्यायालय सुधार गर्दैन।’

एमाले स्वतन्त्र र सक्षम न्यायलयको पक्षमा रहेको  उल्लेख गर्दै  ज्ञवालीले न्यायालयमा विकृतिहरु छन्, हट्नुपर्छ भन्ने पक्षमा रहेको, तर कोही व्यक्ति हटाउँदैमा न्यायालयको सुधार नहुने दाबी गर्नुभयो ।  

उहाँले एमाले सर्बोच्च अदालतबाट पीडित भएको दाबी गर्दै भन्नुभयो, ‘देशमा कोरोनाको महामारी हुँदा स्वास्थ्यमन्त्री राख्न पाउँदैनौ भनेर खारेज गर्ने भन्ने यही आदलत र न्यायाधीश हो,’ उहाँले भन्नुभयाे, ‘हामी विपतमा थियाैं, तर गृहमन्त्री नराख्न सर्वोच्चले भन्यो ।’