१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यायालयको विवाद गुटको झगडा : एमाले उपमहासचिव ज्ञवाली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अदालतको विवाद गुटको झगडाजस्तो भएको टिप्पणी गरेको छ । प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भन्नुभयो, सर्वोच्च अदालतमा जारी आन्दोलन कुनै सुधारको लागि नभइ कसैको स्वार्थ पुरा गर्नका लागि भएको जस्तो देखिएको छ । ज्ञवालीले कतिपय पार्टीहरु अदालतविरुद्ध आफू नदेखिने, तर छद्‌म युद्ध लडेको पनि टिप्पणी गर्नुभयो । 

ज्ञवालीले भन्नुभयो, ‘आज भइरहेको आन्दोलनको मूल विषय न्यायालय सुधारको हड्ताल होइन, संकटकालमा समेत रोक्न नपाइने बन्दीका मुद्दाहरु समेत रोकिएको छ। यो आन्दोलन मर्यादाभन्दा बाहिर गएको र व्यक्ति केन्द्रित भएर शुरु भएको आन्दोलनले न्यायालय सुधार गर्दैन।’

एमाले स्वतन्त्र र सक्षम न्यायलयको पक्षमा रहेको  उल्लेख गर्दै  ज्ञवालीले न्यायालयमा विकृतिहरु छन्, हट्नुपर्छ भन्ने पक्षमा रहेको, तर कोही व्यक्ति हटाउँदैमा न्यायालयको सुधार नहुने दाबी गर्नुभयो ।  

उहाँले एमाले सर्बोच्च अदालतबाट पीडित भएको दाबी गर्दै भन्नुभयो, ‘देशमा कोरोनाको महामारी हुँदा स्वास्थ्यमन्त्री राख्न पाउँदैनौ भनेर खारेज गर्ने भन्ने यही आदलत र न्यायाधीश हो,’ उहाँले भन्नुभयाे, ‘हामी विपतमा थियाैं, तर गृहमन्त्री नराख्न सर्वोच्चले भन्यो ।’