४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

सबै सेवा अनलाइनमार्फत दिनको लागि ‘नबिल डिजिबैंक पोर्टल’को सुरुवात

सबै सेवा अनलाइनमार्फत दिनको लागि ‘नबिल डिजिबैंक पोर्टल’को सुरुवात
अ+ अ-

काठमाडौँ । नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बिहीबार बैंकले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ग्राहकहरुलाई एकद्वार प्रणालीमार्फत् सरल बैंकिङ सेवाको अनुभव गराउनका लागि डिजिबैंक पोर्टल सार्वजनिक गरेको हो । नबिल डिजिबैंक पोर्टलको सार्वजनिक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहले गर्नु भएको हो ।

सिइओ शाहले पोर्टल सार्वजनिक कार्यक्रममा बोल्दै मानिसको दैनिकी प्रविधिसँग जोडिएको बताउनु भयो । उहाँले अब हरेक काम प्रविधिमैंत्री बन्दै गएकाले नबिल बैंकले पनि बैंकिङ कारोबार मात्रै नभएर सबै सेवा अनलाइनमार्फत दिनको लागि डिजिबैंक पोर्टलको सुरुवात गरेको बताउनु भयो । सिइओ शाहले नविल बैंकले कोभिड–१९ भन्दा अगाडि डिजिलका कुरा गरे पनि प्रयोगमा नआएको बताउनु भयो । तर, कोभिड–१९ को महामारीपछि बजारको माग अनलाइन डिजिटल प्रविधि भएको बताउनुभयो ।

उहाँले नविल बैंकले कम्प्युटराइज बैंकबाट सुरु गरेको यात्रा अब साच्चिकै डिजिटल बैंकको विकास गर्ने गरी नविल डिजिबैंक पोर्टल सुरुवात भएको बताउनु भयो । उहाँले भन्नुभयो,‘अहिले हरेक मानिसको दैनिकी प्रविधिसँग जोडिएकाले डिजिटल पोर्टलहरुको विकास हुनु जरुरी छ । नविल बैकले बैंकिङ सेवा मात्रै नभएर तरकारी किन्नेदेखि बस,हवाई टिकट काट्नेसम्मका सेवा दिनको लागि नविल पोर्टलको सुरुवात गरिएको हो ।

नविल डिजिबैंक पोर्टलको सुरुवात कोभिड–१९ पछि भएको हो । कोभिड भन्दा पहिले यस्ता पोर्टलहरु प्राय कमै थिए । तर, कोभिड पछि मात्रै डिजिटल पोर्टलहरुको सुरुवात भएको हो । अहिले हरेक क्षेत्र डिजिटल बन्दै गएको छ । यो डिजिटल प्रणलीमा मार्फत हरेका सेवाग्राहिले अनलाइनमा अडर गरेर तरकारीदेखि औषधीसम्म घरमा नै आउने गर्दछ ।  अनलाइनबाट अडर गर्दा पेमेन्ट गर्नको लागि यस्ता पोर्टलहरुको आवश्यक पर्छ । पछिल्लो समय नेपालको कर बैंकिङ प्रणालीमा हुन थाल्यो । यसरी बैंकिङ कर प्रणाली सफल नभएसम्म डिजिटल बनाउन सकिदैन्। त्यसैले नविल बैंकले नविल डिजीबैंकको लागि टिम बनाएको थियो । त्यही अनुसार आज बेंकले बैंकिङ सेवा सुरु भएको छ । अहिले कर बैंकिङ प्रणाली पनि अपग्रेट भएर अन्तर्राष्ट्रिय स्तरमा पुगेको छ ।

नविल बैंकको यो गन्तव्य नभएर सुरुवात हो । हामीले यसबाट सुरुवात गरेका छौं सुरुवात गरेपछि गन्तव्यमा पुग्छौं । ग्रामिण क्षेत्रमा इन्टरनेट १० पतिशत स्थानमा छैन् । ९० प्रतिशत स्थानमा एनसेल ,नेपाल टेलिकमकले सेवा विस्तार भएको छ। नविल बैंक पनि देशै भरी रहेको छ । नविल बैंकले  १० पतिशतलाई प्राथकिता भन्दा पनि ९० पतिशतमा प्राथमिता दिएका छौं ।’

अब उक्त पोर्टलबाट नबिल बैंकका ग्राहकहरूले एकद्वार प्रणालीमार्फत् सेवाहरू प्राप्त गर्न सक्नेछन् । बैंकले ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न पोर्टलमार्फत् उत्पादन÷सेवा सुरुवात गरेको छ । नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट÷क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल÷एसएमई लोन आवेदनलगायतका सेवा उपलब्ध हुनेछन् । साथै, आगामी दिनमा थप अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको बैंकले बनाएको छ ।  यसैगरी नबिल भर्चुअल आईकार्ड नबिल  स्मार्टबैंक एफ भित्र इम्बोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्ने छन् । साथै, ब्यालेन्स टपअप पनि गर्न सकिन्छ ।