काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६र२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट) प्रस्तुत गर्न शुरु गरेका छन् ।
नेपालको संविधान, कानून, सरकारको नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्त, विभिन्न अध्ययन कार्यदलका सुझावका आधारमा सामाजिक न्यायसहितको तीव्र विकास, सभ्य र सुसंस्कृत समाजवादोन्मुख बजेट तयार गरिएको अर्थमन्त्री डा खतिवडाले बैठकलाई जानकारी दिए ।
सरकारले सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ । त्यसका लागि सरकारले ६ अर्ब बजेट छुट्याएको छ ।
यस्तै सरकारले स्वास्थ्य बिमा कार्यक्रम सबै जिल्लामा उपलब्ध गराइने अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणाका क्रममा जानकारी दिए ।