१९ माघ २०८१, शनिबार
,
Latest
८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ चन्द्रागिरि नगरपालिकाद्वारा सार्वजानिक स्थलमा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा निषेध चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैँडा स्थानान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विवादित कार्यक्रम ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ लाई थप ८ अर्ब बजेट विनियोजिन



अ+ अ-

काठमाडौं । व्यापक हिनामिना भएको भनिएको विवादित कार्यक्रम ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ लाई थप ८ अर्ब बजेट विनियोजन भएको छ। परियोजनाबाट सञ्चालित अनुदान आसेपासेले मात्रै पाएको आलोचना भइरहँदा अर्थमन्त्री युवराज खतिवडाले थप बजेट दिएका हुन्।

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई पुनःसंरचना गरी विस्तार गर्न ८ अर्ब १० करोड विनियोजन गरेको छु,’ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले भने, ‘आगामी आर्थिक वर्ष पकेट, ब्लक, जोन र सुपरजोनका निश्चित मापदण्ड बनाई ३१ बाली विशेष र ८ पशुपालन गरी थप ३९ जोनमार्फत ६९ हजार हेक्टरमा परियोजना विस्तार गरिनेछ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केही अघि तयार पारेको प्रतिवेदनअनुसार परियोजनाको अनुदानबाट सञ्चालक समितिका पदाधिकारीका आसेपासे मात्रै लाभान्वित हुने गरेका छन्। पकेट, बल्क, जोन र सुपरजोन सञ्चालन गर्दा राजनीतिक सिमानालाई आधार मानिएको देखिन्छ, जग्गा चक्लाबन्दी भई सामूहिक खेती अवलम्बन भएको छैन। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।