• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

नेकपामा रस्साकस्सीः प्रचण्डलाई पोखरेलको चुनौती



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरुमा महाधिवेशनको रन्को देखिन थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टी महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् ।

सार्वजनिक कार्यक्रममै उनले जिल्ला अधिवेशन एक वर्षभित्र हुनुपर्ने र त्यसका लागि कार्यकर्तालाई वैचारिक बहस गर्नसमेत निर्देशन दिएका छन् ।

अबको एकवर्षभित्र जिल्ला अधिवेशन सकेर केन्द्रीय महाधिवेशन केन्द्रित हुने अध्यक्ष दाहालको धारणा र पार्टी अध्यक्षलाई कार्यकारी बनाउने विषय उठ्न थालेपछि शीर्ष तहका नेताहरु महाधिवेशनमा आफ्नो अवस्था वैचारिक ÷राजनीतिक रुपमा सुदृढ बनाउन लागिपरेका छन् । सचिवालय सदस्य ईश्वर पोखरेलले अध्यक्ष दाहालको धारणासँग असहमति राख्दै आएको समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।