१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै सडक योजनामा ५ थरी बजेट, कालोपत्रेका लागि मात्रै १ अर्ब ५८ करोड



अ+ अ-

रसुवा । सरकारले आर्थिक वर्ष २०७६/०७७ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा एउटै योजनामा पाँचथरि बजेट पारेको छ। उत्तर दक्षिण सीमा जोड्ने सबैभन्दा छोटो दूरीको रसुवागढी गल्छी ठोरी मार्ग निम लागि पाँचथरि बजेट परेको हो।

ठोरी रसुवागढी सडक निर्माण, बेत्रावती–स्याफ्रुबेंसी खण्डमा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन, गल्छी–त्रिशुली–बेत्रावती–मैलुङ सडक दुई लेनमा स्तरोन्ति गर्ने, पुल निर्माण गर्ने र मैलुङ–स्याफ्रुबेंसी सडक कालोपत्रे गर्ने शीर्षकमा योजना राखिएको छ।

उल्लिखित शीर्षकहरू बजेटमा सडक पूर्वाधारअन्तर्गत १७५ र १७९ बुँदामा उल्लेख गरिएको छ। अन्य शीर्षकमा रकम नतोकिएको भए पनि कालोपत्रेका लागि भने एक अर्ब ५८ करोड बजेट विनियोजन गरिएको छ। एउटै शीर्षकमा बजेट आउँदा कार्यान्वयनमा समस्या आउने भएकाले फरक–फरक शीर्षकमा बजेट आए हुनसक्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ।