६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट :आज अफगानिस्तान र श्रीलंका भिड्दै, दुवै टिमको उत्कृष्ट कमव्याक गर्ने योजना



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा आज अफगानिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुदैछ ।

वेल्सको कार्डिफस्थित सोफिया गार्डेनमा आज नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा अफगानिस्तानसँग श्रीलंकाले प्रतिस्पर्धा गर्दैछ । दुवै टिमले आफ्नो पहिलो खेलमा हार ब्यहोरेका थिए ।

यसअघि एक–एक खेल खेलेका श्रीलंका र अफगानिस्तान दुवैले हार व्येहोरेका छन् । श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । तर, विश्वकपको दोस्रो खेलमा दुवै टोली एक अर्काविरुद्ध जीतको खोजिमा मैदान उत्रिदैछन् ।

पहिलो खेलमा कमजोर व्याटिङ गरेको श्रीलंकाले अफगानिस्तानविरुद्ध उत्कृष्ट ब्याटिङ गर्ने योजना बनाएको छ ।

यता अफगानिस्तान पनि श्रीलंकाविरुद्ध उत्कृष्ट कमव्याक गर्ने योजनामा रहेको छ । अफगानिस्तान आफ्नो बलिङलाई बलियो बनाउँदै श्रीलंकासँग नतिजा खोस्ने लक्ष्यमा छ ।

श्रीलंका टिम

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, अभिश्का फर्नान्डो, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, जीवन मेन्डिस, कुशल परेरा, थिसरा परेरा, मिलिन्डा सिरिवार्दना, लाहिरु थिरिमाने, इसुरु उडना जेफ्रिय भन्डर्सी ।

अफगानिस्तान टिम

गल्बादिन नाइब (कप्तान), अफतब आलम, अस्घर अफगान, दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, नोर अली जद्रान, रहमत शाह, राशिद खान, समिउल्लाह शिनवारी ।