६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ जना सीडीओ र सहायक सीडीओको सरुवा (सूची)



अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले २६ जना सह(सचिव र उप(सचिवको सरुवा गरेको छ । मंगलबार भएको सरुवा र पदस्थापनबाट विभिन्न जिल्लाका २१ जना प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारी पनि फेरिएका छन् ।

गृहले निकालेको सरुवा सूचीअनुसार नुवाकोटमा कार्यरत उद्धवबहादुर थापाको गृह मन्त्रालय, नुवाकोटमा द्रोण पोखरेल, सिरहामा कार्यरत रुद्रप्रसाद पण्डितको तनहुँ, गोपालकुमार अधिकारीको सिरहा, डोटीमा टेकनारायण पौडेल, सिन्धुलीमा जनार्दन गौतम, ध्रुवबहादुर खड्का उदयपुर सरुवा भएका छन्।

कपिलवस्तुमा कार्यरत अर्जुनप्रसाद पोखरेलको रुपन्देही सरुवा भएको छ। गोरखामा कार्यरत गजेन्द्रबहादुर श्रेष्ठको कपिलवस्तु, सर्लाहीमा कृष्णबहादुर राउत सरुवा भएका छन्।

उपसचिव (सहायक प्रमुख जिल्ला अधिकारी)हरू रुपन्देहीमा शम्भुप्रसाद रेग्मी, पर्वतमा कल्पना घिमिरे नेपाल, कास्कीका गुरुदत्त ढकाल, गोरखामा देवेन्द्र लामिछानेको सरुवा भएको छ।