५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान



अ+ अ-

काठमाडौं । हिमाल आरोही मिङ्मा दोर्ची शेर्पाले सबैभन्दा कम समयमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन् ।

३२ वर्षीय शेर्पाले सहयोगीविना नै सबैभन्दा कम समयमा सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान राखेका हुन् । संखुवासभाको मकालु गाउँपालिका वडा नम्बर २ घर भएका शेर्पाले यही जेठ १३ गते ६ घण्टा १ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।यद्यपि उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र पाउन भने बाँकी छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पायोनियर एडभेन्चरले शेर्पाले सगरमाथा र चांैथो ल्होत्से हिमालको पनि सबैभन्दा छोटो समयमा सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको औंपचारिक जानकारी गराएको हो । यसअघि निर्मल पूर्जाले १० घण्टा १५ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका थिए ।

उनले नेपालको विकासका लागि पर्यटन व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न सरकारलाई सुझावसमेत दिए ।

३२ वर्षीय शेर्पाले सगरमाथाको ५ पटकसम्म सफल आरोहण गरिसकेका छन् । ल्होत्से, मकालु, मनास्लु हिमाल ३–३ पटक चढिसकेका शेर्पाले केटु, धवलागिरी र आमादब्लाम हिमाल २–२ पटक सफल आरोहण गरिसकेका छन् ।

त्यसैगरी उनले ल्होत्से हिमालको ३ पटक, मकालुको ३ पटक, मनास्लुको ३ पटक, केटु हिमालको २ पटक, धवलागिरी हिमालको २ र आमादब्लाम हिमालको २ पटक गरी २० पटक हिमालहरुको सफल आरोहण गरिसकेका छन् ।

६ वर्षको उमेरमा आमा र १४ वर्षको उमेरमा बुवालाई गुमाएपछि पढाइलाई बीचैमा छोडेर जीवन निर्वाहका लागि हिमाल आरोहणको क्षेत्रमा प्रवेश गरेको उनले बताए ।

शेर्पाले नेपालीहरुको सहयोगमा विदेशीहरुले हिमाल आरोहणको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान राखेपछि आफूलाई पनि छोटो समयमै सगरमाथाको आरोहण गरेर नयाँ कीर्तिमान कायम गर्ने इच्छा जागेको प्रतिक्रिया दिए ।