१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई शव निकालियो रसुवादेखि नवलपरासी पूर्वसम्म खोज तथा उद्धारमा ९ हजारभन्दा बढी सैनिक परिचालन प्रधानमन्त्री शाहसँग वर्षमान पुनको भेट, बाढीपछिको उद्धार र पुनःस्थापनाबारे छलफल रसुवा बाढीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तिब्र पार्न सरकारलाई संसदीय समितिको निर्देशन पोर्चुगलमा एनसीसीसीको तीज कार्यक्रम स्थगित, बाढी–पहिरो पीडितलाई ४५ हजारभन्दा बढी सहयोग शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीलाई १ हजार रुपैयाँ दिन खोज्ने पक्राउ



अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिका–१ मा डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिन खोज्ने एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थान बस्ने ४० वर्षीय बाबु कृष्ण रोक्का रहेका छन् ।

रोक्कालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बा.६७ प १३३३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रोक्काले मादक पदार्थ सेवन गरेको पाइएपछि कारवाहीबाट बच्न प्रहरीलाई उक्त नगद दिन खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै रोक्कालाई नियन्त्रणमा लिने क्रममा उनका साथी बा.९५ प ६४१२ नम्बरको स्कुटर चालक सोही स्थान बस्ने २६ वर्षीय सुमन थापाले प्रहरीमाथि अभद्र ब्यवहार गरेकोले थापालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनले समेत मादक पदार्थ सेवन गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




भर्खरै