५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको विरोधपछि ‘कोइराला निवास’मा नगर रक्षक खटाइयो



अ+ अ-

मोरङ । संघीय सरकारलाई चुनौती दिँदै विराटनगर महानगरपालिकाले कोइराला निवासमा नगर रक्षक खटाएको छ ।

२०५४ सालमा घर पछाडिबाट माओवादीले बम हानेपछि कोइराला निवासमा सुरक्षार्थ सुरक्षाकर्मी खटाइएको थियो । निवास परिसरमै सुरक्षाकर्मी बस्न क्वाटर तथा अलग्गै भान्साको समेत व्यवस्था गरिएको थियो । यो घटनापछि सशस्त्र प्रहरीका असइको नेतृत्वमा एक दर्जन सुरक्षाकर्मी निवासको सुरक्षामा थिए ।

सरकारले विशिष्ट व्यक्तिको निवासमा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेपछि कोइराला निवासको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी पनि हटेका थिए । सुरक्षाकर्मी हटेपछि प्रजातान्त्रिक आन्दोलनको केन्द्र मानिएको विराटनगरको ‘कोइराला निवास’ मा एकसय वर्षको अवधिमा गत बिहीबार पहिलो पटक ताला लागेको थियो ।

तर प्रहरी हटेपछि कांग्रेसले सरकारको आलोचना गरेपछि पुनः सशस्त्र प्रहरी बललाको ठाउँमा महानगरले नगर रक्षक खटाएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

मेयर पराजुलीले प्रजातन्त्रवादीहरुको घर भएकोले त्यसको सुरक्षा दिनु महानगरको पनि दायित्व रहेको बताए । उनले त्यसको सुरक्षाका लागि २ जना नगर रक्षक आजैदेखि खटाइएको पनि बताए ।

प्रजातान्त्रिक आन्दोलन र समाज सुधारको बिगुल यहीँबाट फुकिएको थियो । तीन जना प्रधानमन्त्री जन्माउने यो निवास अहिले आगन्तुकका लागि घुम्ने र बुझ्ने स्थानको रुपमा विकसितसमेत भएको छ ।

निवासमा पूर्वप्रधानमन्त्रीहरुका धेरै सरसामान जस्ताको तस्तै राखिएको छ । ऐतिहासिक सामान संग्रहित छन् ।