५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

वायु प्रदूषणबाट बर्सेनि ७० लाखको मृत्यु



अ+ अ-

जेनेभा । वायु प्रदूषणका कारण हरेक वर्ष विश्वभर झण्डै ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

राष्ट्रसंघका लागि मानव अधिकार तथा वातावरण सम्बन्धी विशेष प्रतिवेदकले ठूलो संख्यामा अकालमा मानिसको ज्यान गइरहेको सन्दर्भमा वायु प्रदुषण न्यून गर्न भइरहेका प्रयास पनि निकै सराहनीय रहेको बताउनुभएको छ ।

विशेष प्रतिवेदक डेभिड बोइडले वायु प्रदूषणलाई व्यक्तिको मानव अधिकारकै रुपमा लिइदिन विश्वका सरकारहरु समक्ष आग्रह गर्नुभएको छ ।

“वायु प्रदूषण शान्त, अदृश्य तथा भयानक घातक समस्या हो जसले विश्वभर हरेक वर्ष झण्डै ७० लाख मानिसको ज्यान दिइरहेको छ । यसबाट महिला, बालबालिका र गरिबी समुदायका मानिसलाई सबैभन्दा बढी असर पारिरहेको छ,” बोइडले भन्नुभयो ।

विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा बोइडले सार्वजनिक गर्नुभएको वक्तव्यमा भनिएको छ, “चीन समेतका धेरै मुलुकमा व्यापक रुपमा वायु प्रदूषण न्यून गरिएका सफलताका काथाहरु छन् । यी उदाहरणले वायु प्रदूषण रोकथाम गर्न सकिने समस्या हो भन्ने पुष्टी भइसकेको छ ।”

बोइडले अहिले हरेक पाँच सेकेन्डमा एक व्यक्तिको अकालमै वायु प्रदूषणका कारण मृत्यु भइरहेको बताउँदै विश्वको झण्डै ९० प्रतिशत जनसंख्याले प्रदूषित हावामा श्वासप्रश्वास गरिरहेको उल्लेख गर्नुभयो । मृत्यु हुने झण्डै ७० लाखमध्ये ६ लाख बालबालिका रहेका छन् ।

स्वच्छ हावा सुनिश्चित गर्न नसक्नुको अर्थ मानिसको जीवन, स्वास्थ्य र भलाईप्रतिको अधिकार उल्लङ्घन मात्र नभई स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको हनन पनि हो, बोइडले भन्नुभयो ।