१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिको सडक दुर्घटनामा ५३ आप्रवासीको मृत्यु



अ+ अ-

मेक्सिकोबाट अमेरिकातर्फ गइरहेका आप्रवासी चढेको ट्रक दुर्घटना हुँदा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । मेक्सिकोको चियापास क्षेत्रमा बिहीबार भएको यस दुर्घटनामा आप्रवासी चढेको ट्रक एउटा पर्खालमा ठोक्किएको अधिकारीहरुले बताएका छन् । उनीहरु मेक्सिकोको बाटो हुँदै लुकिछिपी अमेरिका तर्फ प्रस्थान गरिरहेका छन् ।

आप्रवासीले खचाखच भरिएको उक्त ट्रकमा रहेका अरु ५८ जना घाइते भएका छन् जसमध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

समाचार संस्था एएफपीका अनुसार, तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडक किनाराको पर्खालमा ठोक्किएको प्रहरीले बताएको छ । स्थानीय टेलिभिजनहरुले उद्धार कार्यमा ठूलो संख्यामा एम्बुलेन्स, अग्निनियन्त्रक र उद्धारकर्मीहरु सक्रिय रहेको देखाएका छन् ।

छिमेकी ग्वाटेमालाका राष्ट्रपति अलेजान्द्रो जियामाटीले दुर्घटनामा परेका अधिकाँश व्यक्तिहरु आफ्नो देशका नागरिक हुन सक्ने भन्दै राहत र अन्य सबै प्रकारको सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ ।