१४ आश्विन २०८१, सोमबार
,
Latest
सुनको मूल्य तोलामा रु एक सयले घट्यो पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव हेटौँडा ल्याइयो अस्थायी आवास निर्माणका लागि तत्काल सरकारले अनुदान उपलब्ध गराउने तुलसीपुरस्थित गौरीगाउँ ताल ओझेलमा म्याग्दीमा परम्परागत जौँ र उवाको व्यावसायिक खेती अवरुद्ध हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, हेटौँडा–सिन्धुली–धरान चतरा सडक खुल्यो सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा रु एक करोड सहयोगको घोषणा राजमार्गमा खसेको ढुङ्गा हटाएपछि पृथ्वीराजमार्ग दुईतर्फी विद्युत् सेवा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङ प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिको सडक दुर्घटनामा ५३ आप्रवासीको मृत्यु



अ+ अ-

मेक्सिकोबाट अमेरिकातर्फ गइरहेका आप्रवासी चढेको ट्रक दुर्घटना हुँदा कम्तीमा ५३ जनाको मृत्यु भएको छ । मेक्सिकोको चियापास क्षेत्रमा बिहीबार भएको यस दुर्घटनामा आप्रवासी चढेको ट्रक एउटा पर्खालमा ठोक्किएको अधिकारीहरुले बताएका छन् । उनीहरु मेक्सिकोको बाटो हुँदै लुकिछिपी अमेरिका तर्फ प्रस्थान गरिरहेका छन् ।

आप्रवासीले खचाखच भरिएको उक्त ट्रकमा रहेका अरु ५८ जना घाइते भएका छन् जसमध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

समाचार संस्था एएफपीका अनुसार, तिब्र गतिमा रहेको ट्रक अनियन्त्रित भई सडक किनाराको पर्खालमा ठोक्किएको प्रहरीले बताएको छ । स्थानीय टेलिभिजनहरुले उद्धार कार्यमा ठूलो संख्यामा एम्बुलेन्स, अग्निनियन्त्रक र उद्धारकर्मीहरु सक्रिय रहेको देखाएका छन् ।

छिमेकी ग्वाटेमालाका राष्ट्रपति अलेजान्द्रो जियामाटीले दुर्घटनामा परेका अधिकाँश व्यक्तिहरु आफ्नो देशका नागरिक हुन सक्ने भन्दै राहत र अन्य सबै प्रकारको सहयोग गर्न तत्पर रहेको बताउनु भएको छ ।