५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : अफगानिस्तानले श्रीलंकाविरुद्ध टस जितेर पहिले बलिङ रोज्यो



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेट अफगानिस्तानले श्रीलंकाविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ ।

वेल्सको कार्डिफस्थित सोफिया गार्डेनमा केहीबेरपछि सुरु हुने खेलमा श्रीलंकाले टस हारेर पहिले ब्याटिङ गर्न लागेको हो । दुबै टिमले पहिलो जितको खोजिमा हुनेछन् ।

यसअघि एक–एक खेल खेलेका श्रीलंका र अफगानिस्तान दुवैले हार व्येहोरेका छन् । श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । तर, विश्वकपको दोस्रो खेलमा दुवै टोली एक अर्काविरुद्ध जीतको खोजिमा मैदान उत्रिदैछन् ।

पहिलो खेलमा कमजोर व्याटिङ गरेको श्रीलंकाले अफगानिस्तानविरुद्ध उत्कृष्ट ब्याटिङ गर्ने योजना बनाएको छ ।

यता अफगानिस्तान पनि श्रीलंकाविरुद्ध उत्कृष्ट कमव्याक गर्ने योजनामा रहेको छ । अफगानिस्तान आफ्नो बलिङलाई बलियो बनाउँदै श्रीलंकासँग नतिजा खोस्ने लक्ष्यमा छ ।

श्रीलंकाले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । जीवन मेन्डिसको स्थानमा नुवान प्रदीपलाई टिममा राखेका छन् । यता, अफगानिस्तान टिममा भने अष्ट्रेलियाविरुद्ध उत्रिएकै प्लेइङ इलाभेन छन् ।

श्रीलंका प्लेइङ इलाभेन

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, कुशल परेरा, थिसरा परेरा, लाहिरु थिरिमाने, इसुरु उडना ।

अफगानिस्तान प्लेइङ इलाभेन

गल्बादिन नाइब (कप्तान), दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, रहमत शाह, राशिद खान ।