५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार शर्माको अन्त्येष्टि



अ+ अ-

काठमाडौं । सवारी दुर्घटनामा परी निधन हुनुभएका पत्रकार गोविन्दप्रसाद शर्माको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार ललितपुरको धोवीघाटमा स्कार्पियो गाडीले उहाँ सवार मोटरसाइकललाई ठक्कर दिँदा शर्मा र मोटरसाइकल चालक नुवाकोटका चन्द्रमणि मुडबरीको मृत्यु भएको थियो ।

तत्कालीन प्रेस सेन्टर नेपाल, काठमाडौँ शाखाका अध्यक्ष शर्मा कृषि टेलिभिजनका संस्थापक र नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँ लोकदोहोरी कलाकारसमेत हुनुहुन्थ्यो । उहाँकी श्रीमती र एक छोरा हुनुहुन्छ । पार्थिव शरीरमा उहाँका बुुबा ईश्वरीप्रसाद घिमिरे र श्रीमती सिर्जनाले दागबत्ती दिनुभएको थियो ।

शर्माको पार्थीव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य पम्फा भूषालले पार्टीको झण्डा ओढाउनुभएको थियो । श्रद्धाञ्जलि दिन कृषिमन्त्री चक्रपाणि खनाल, प्रतिनिधिसभाका सांसद् नवराज सिलवाल, प्रदेश नं. ३ प्रदेशसभा सदस्य राजकाजी महर्जन, पूर्व सांसद् सुशीला नेपाल, नेकपाका केन्द्रीय सदस्य सूर्य थापा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, प्रेस सङ्गठन नेपालका संयोजक महेश्वर दाहाल, सहसंयोजक गणेश बस्नेत, पत्रकार बलराम थापा, गगन विष्टलगायत पत्रकार तथा लोकदोहोरीका कलाकारहरु पशुपति आर्यघाट पुग्नु भएको थियो ।