१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार शर्माको अन्त्येष्टि



अ+ अ-

काठमाडौं । सवारी दुर्घटनामा परी निधन हुनुभएका पत्रकार गोविन्दप्रसाद शर्माको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आइतबार ललितपुरको धोवीघाटमा स्कार्पियो गाडीले उहाँ सवार मोटरसाइकललाई ठक्कर दिँदा शर्मा र मोटरसाइकल चालक नुवाकोटका चन्द्रमणि मुडबरीको मृत्यु भएको थियो ।

तत्कालीन प्रेस सेन्टर नेपाल, काठमाडौँ शाखाका अध्यक्ष शर्मा कृषि टेलिभिजनका संस्थापक र नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) का अध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँ लोकदोहोरी कलाकारसमेत हुनुहुन्थ्यो । उहाँकी श्रीमती र एक छोरा हुनुहुन्छ । पार्थिव शरीरमा उहाँका बुुबा ईश्वरीप्रसाद घिमिरे र श्रीमती सिर्जनाले दागबत्ती दिनुभएको थियो ।

शर्माको पार्थीव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य पम्फा भूषालले पार्टीको झण्डा ओढाउनुभएको थियो । श्रद्धाञ्जलि दिन कृषिमन्त्री चक्रपाणि खनाल, प्रतिनिधिसभाका सांसद् नवराज सिलवाल, प्रदेश नं. ३ प्रदेशसभा सदस्य राजकाजी महर्जन, पूर्व सांसद् सुशीला नेपाल, नेकपाका केन्द्रीय सदस्य सूर्य थापा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, प्रेस सङ्गठन नेपालका संयोजक महेश्वर दाहाल, सहसंयोजक गणेश बस्नेत, पत्रकार बलराम थापा, गगन विष्टलगायत पत्रकार तथा लोकदोहोरीका कलाकारहरु पशुपति आर्यघाट पुग्नु भएको थियो ।