५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनको प्रश्न : कम्युनिस्ट सरकारले के अतिरक्त गर्दैछ, जुन हिजोका सरकारले गर्न सकेन ?



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले बाआमाले हजार रुपैयाँ र निर्वाचन क्षेत्रमा २ करोड दिने कार्यक्रमलाई आफ्ना कामका रुपमा स्थापित गर्न खोजेको हो भनेर अर्थमन्त्रीलाई प्रश्न गरेका छन् ।

संसदमा बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै थापाले रुपान्तरणको विउ रोप्छ भन्ने नागरिकको अपेक्षाअनुसार बजेट नआएको बताए । बहुमत प्राप्त कम्युनिस्ट सरकारले के अतिरक्त गर्दैछ, जुन हिजोका सरकारले गर्न सक्दैन भन्ने प्रश्न गरे ।

खतिवडालाई कम्युनिस्टसँग भएको विद्वान अर्थमन्त्री भन्दै उनले भने, ‘यसबाट देशले के पायो त ? बा आमाले हजार रुपैयाँ, निर्वाचन क्षेत्रमा २ करोड । यही काममा नाम राखेर सन्तोष मान्नु खोज्नु भएको भए मेरो भन्नु केही छैन ।’

यता थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई जवाफ फर्काएका छन्। पौडेलले वृद्धभत्ता बढेको बेठिक हो भनेर औपचारिक ढंगले भन्ने आँट गर्न चुनौती दिएका थिए।

‘एक जना बलवान् सांसदले जसले बालुवाटारको जग नै हल्लाइदिन सक्नुहुन्छ उहाँले हिजो यहाँ उभिएर चुनौती दिनुभयो। वृद्धभत्ताबारे बोल्ने हिम्मत छु, थापाले जवाफ फर्काउँदै भने, मेरो हिम्मत छ।’

उनले आफूले विगतमा पनि शेरबहादुर देउवा सरकारले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिने र ५ हजार पुर्‍याउने निर्णयको विरोध गरेको उदाहरण पेश गरे।

‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले बिदा लिँदै गर्दा ६५ वर्षको उमेरमा ५ हजार वृद्धभत्ता पुर्‍याउँछु भन्दै गर्दा हचुवाको भरमा वृद्धभत्ता बढाउन पाँइदैन भनेर विरोध गरेको मात्र होइन। कानुन बनाउँदै गर्दा ७० वर्षलाई आधार वर्ष बनाउनुपर्छ उमेर झार्न पाइन्न भनेर संशोधनकर्ता सांसद हुँ मु, थापाले भने, ‘सामाजिक सुरक्षाका यतिधेरै कार्यक्रम छन्। एकीकरण गर्ने, र्‍यासनलाइज गर्ने, कसलाई युनिभर्सल बनाउने, कसलाई टार्गेटेड बनाउने, कसलाई उत्पादनसँग जोड्ने भनेर छुट्याउने।

सबभन्दा ठूलो कुरा भनेको सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र होइन गैरनगद प्रबन्धबाट तीन हजारमात्र हैन तीस हजारको सुविधा प्राप्त गर्ने अवस्था के यसको विषयमा छलफल गर्ने कुरा वाञ्छनिय छैन?’

उनले आफू काठमाडौंबाट प्रत्यक्ष निर्वाचित सांसद भए पनि काठमाडौंसँग सम्बन्धित योजनाहरूमा जोडिन सक्ने अवस्था बजेटले नबनाएको बताए।उनले विगतमा भएका अध्ययनको वेवास्ता गरिएको र बजेटमा स्थिर सरकारको आभास नभएको बताए।