१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

गगनको प्रश्न : कम्युनिस्ट सरकारले के अतिरक्त गर्दैछ, जुन हिजोका सरकारले गर्न सकेन ?

गगनको प्रश्न : कम्युनिस्ट सरकारले के अतिरक्त गर्दैछ, जुन हिजोका सरकारले गर्न सकेन ?
अ अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले बाआमाले हजार रुपैयाँ र निर्वाचन क्षेत्रमा २ करोड दिने कार्यक्रमलाई आफ्ना कामका रुपमा स्थापित गर्न खोजेको हो भनेर अर्थमन्त्रीलाई प्रश्न गरेका छन् ।

संसदमा बजेटमाथि भइरहेको छलफलमा भाग लिँदै थापाले रुपान्तरणको विउ रोप्छ भन्ने नागरिकको अपेक्षाअनुसार बजेट नआएको बताए । बहुमत प्राप्त कम्युनिस्ट सरकारले के अतिरक्त गर्दैछ, जुन हिजोका सरकारले गर्न सक्दैन भन्ने प्रश्न गरे ।

खतिवडालाई कम्युनिस्टसँग भएको विद्वान अर्थमन्त्री भन्दै उनले भने, ‘यसबाट देशले के पायो त ? बा आमाले हजार रुपैयाँ, निर्वाचन क्षेत्रमा २ करोड । यही काममा नाम राखेर सन्तोष मान्नु खोज्नु भएको भए मेरो भन्नु केही छैन ।’

यता थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई जवाफ फर्काएका छन्। पौडेलले वृद्धभत्ता बढेको बेठिक हो भनेर औपचारिक ढंगले भन्ने आँट गर्न चुनौती दिएका थिए।

‘एक जना बलवान् सांसदले जसले बालुवाटारको जग नै हल्लाइदिन सक्नुहुन्छ उहाँले हिजो यहाँ उभिएर चुनौती दिनुभयो। वृद्धभत्ताबारे बोल्ने हिम्मत छु, थापाले जवाफ फर्काउँदै भने, मेरो हिम्मत छ।’

उनले आफूले विगतमा पनि शेरबहादुर देउवा सरकारले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिने र ५ हजार पुर्‍याउने निर्णयको विरोध गरेको उदाहरण पेश गरे।

‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले बिदा लिँदै गर्दा ६५ वर्षको उमेरमा ५ हजार वृद्धभत्ता पुर्‍याउँछु भन्दै गर्दा हचुवाको भरमा वृद्धभत्ता बढाउन पाँइदैन भनेर विरोध गरेको मात्र होइन। कानुन बनाउँदै गर्दा ७० वर्षलाई आधार वर्ष बनाउनुपर्छ उमेर झार्न पाइन्न भनेर संशोधनकर्ता सांसद हुँ मु, थापाले भने, ‘सामाजिक सुरक्षाका यतिधेरै कार्यक्रम छन्। एकीकरण गर्ने, र्‍यासनलाइज गर्ने, कसलाई युनिभर्सल बनाउने, कसलाई टार्गेटेड बनाउने, कसलाई उत्पादनसँग जोड्ने भनेर छुट्याउने।

सबभन्दा ठूलो कुरा भनेको सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र होइन गैरनगद प्रबन्धबाट तीन हजारमात्र हैन तीस हजारको सुविधा प्राप्त गर्ने अवस्था के यसको विषयमा छलफल गर्ने कुरा वाञ्छनिय छैन?’

उनले आफू काठमाडौंबाट प्रत्यक्ष निर्वाचित सांसद भए पनि काठमाडौंसँग सम्बन्धित योजनाहरूमा जोडिन सक्ने अवस्था बजेटले नबनाएको बताए।उनले विगतमा भएका अध्ययनको वेवास्ता गरिएको र बजेटमा स्थिर सरकारको आभास नभएको बताए।