१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : कुशल परेराले बनाए अर्ध शतक



अ+ अ-

काठमाडौं । श्रीलंकाका कुशल परेराले अफगानिस्तान विरुद्दको खेलमा अर्ध शतक प्रहार गरेका छन् । परेराले ४५ बलमा ८ चौकाको मद्दले ६० रन बनाएका हुन् ।


यो समाचार तयार पार्दासम्म लाहिरु थिरिमाने १९ बलमा १५ रन बनाएर खेलिरहेका छन् भने श्रीलंकाले १७ ओभरमा एक विकेट गुमाएको छ । उसले पहिलो विकेट कप्तान दिमुथ करुनरत्नेको गुमाएको हो । करुनरत्ने ब्यक्तिगत ३० रनमा आउट भएका थिए ।

वेल्सको कार्डिफस्थित सोफिया गार्डेनमा भइरहेको विश्वकप क्रिकेट खेलमा अफगानिस्तानले श्रीलंकाविरुद्ध टस जितेर पहिले बलिङ रोजेको थियो ।

यसअघि एक–एक खेल खेलेका श्रीलंका र अफगानिस्तान दुवैले हार व्येहोरेका छन् । श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । तर, विश्वकपको दोस्रो खेलमा दुवै टोली एक अर्काविरुद्ध जीतको खोजिमा मैदान उत्रिदैछन् ।

पहिलो खेलमा कमजोर व्याटिङ गरेको श्रीलंकाले अफगानिस्तानविरुद्ध उत्कृष्ट ब्याटिङ गर्ने योजना बनाएको छ ।

यता अफगानिस्तान पनि श्रीलंकाविरुद्ध उत्कृष्ट कमव्याक गर्ने योजनामा रहेको छ । अफगानिस्तान आफ्नो बलिङलाई बलियो बनाउँदै श्रीलंकासँग नतिजा खोस्ने लक्ष्यमा छ ।

श्रीलंकाले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । जीवन मेन्डिसको स्थानमा नुवान प्रदीपलाई टिममा राखेका छन् । यता, अफगानिस्तान टिममा भने अष्ट्रेलियाविरुद्ध उत्रिएकै प्लेइङ इलाभेन छन् ।

श्रीलंका प्लेइङ इलाभेन

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, कुशल परेरा, थिसरा परेरा, लाहिरु थिरिमाने, इसुरु उडना ।

अफगानिस्तान प्लेइङ इलाभेन

गल्बादिन नाइब (कप्तान), दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, रहमत शाह, राशिद खान ।