१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : एन्जेलो मथेवस र धनन्जय शून्य रनमै आउट



अ+ अ-

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा श्रीलंकाले खराब प्रदर्शन गरेको छ ।

कार्डिफस्थित सोफिया गार्डेनमा भइरहेको विश्वकप क्रिकेट खेलमा अफगानिस्तानले श्रीलंकाविरुद्ध टस जितेर पहिले बलिङ रोजेको थियो ।अफगानिस्तान विरुद्ध ब्याटिङ गर्ने क्रममा श्रीलंकाले १४९ रन बनाउँदै महत्वपूर्ण चार विकेट गुमाइसकेको छ ।

श्रीलंकाले पहिलो विकेट विकेट कप्तान दिमुथ करुनरत्नेको गुमाएको हो । करुनरत्ने ब्यक्तिगत ३० रनमा आउट भएका थिए ।

त्यस्तै लाहिरु थिरिमाने २५, कुशल मेन्डिस २, एन्जेलो मथेवस शून्य र धनन्जय डे सिल्भा शून्य रनमा आउट भए ।

यता कुशल परेराले अफगानिस्तान विरुद्दको खेलमा अर्ध शतक प्रहार गरेका छन् । परेराले ५६ बलमा ८ चौकाको मद्दले ६९ रन बनाएर खेलिरहेका छन् ।

यसअघि एक–एक खेल खेलेका श्रीलंका र अफगानिस्तान दुवैले हार व्येहोरेका छन् । श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । तर, विश्वकपको दोस्रो खेलमा दुवै टोली एक अर्काविरुद्ध जीतको खोजिमा मैदान उत्रिदैछन् ।

पहिलो खेलमा कमजोर व्याटिङ गरेको श्रीलंकाले अफगानिस्तानविरुद्ध उत्कृष्ट ब्याटिङ गर्ने योजना बनाएको छ ।

यता अफगानिस्तान पनि श्रीलंकाविरुद्ध उत्कृष्ट कमव्याक गर्ने योजनामा रहेको छ । अफगानिस्तान आफ्नो बलिङलाई बलियो बनाउँदै श्रीलंकासँग नतिजा खोस्ने लक्ष्यमा छ ।

श्रीलंकाले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । जीवन मेन्डिसको स्थानमा नुवान प्रदीपलाई टिममा राखेका छन् । यता, अफगानिस्तान टिममा भने अष्ट्रेलियाविरुद्ध उत्रिएकै प्लेइङ इलाभेन छन् ।

श्रीलंका प्लेइङ इलाभेन

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, कुशल परेरा, थिसरा परेरा, लाहिरु थिरिमाने, इसुरु उडना ।

अफगानिस्तान प्लेइङ इलाभेन

गल्बादिन नाइब (कप्तान), दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, रहमत शाह, राशिद खान ।




भर्खरै