६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : एन्जेलो मथेवस र धनन्जय शून्य रनमै आउट



अ+ अ-

काठमाडौं । इंग्ल्याण्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तान विरुद्धको खेलमा श्रीलंकाले खराब प्रदर्शन गरेको छ ।

कार्डिफस्थित सोफिया गार्डेनमा भइरहेको विश्वकप क्रिकेट खेलमा अफगानिस्तानले श्रीलंकाविरुद्ध टस जितेर पहिले बलिङ रोजेको थियो ।अफगानिस्तान विरुद्ध ब्याटिङ गर्ने क्रममा श्रीलंकाले १४९ रन बनाउँदै महत्वपूर्ण चार विकेट गुमाइसकेको छ ।

श्रीलंकाले पहिलो विकेट विकेट कप्तान दिमुथ करुनरत्नेको गुमाएको हो । करुनरत्ने ब्यक्तिगत ३० रनमा आउट भएका थिए ।

त्यस्तै लाहिरु थिरिमाने २५, कुशल मेन्डिस २, एन्जेलो मथेवस शून्य र धनन्जय डे सिल्भा शून्य रनमा आउट भए ।

यता कुशल परेराले अफगानिस्तान विरुद्दको खेलमा अर्ध शतक प्रहार गरेका छन् । परेराले ५६ बलमा ८ चौकाको मद्दले ६९ रन बनाएर खेलिरहेका छन् ।

यसअघि एक–एक खेल खेलेका श्रीलंका र अफगानिस्तान दुवैले हार व्येहोरेका छन् । श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो भने अफगानिस्तान अष्ट्रेलियासँग ७ विकेटले पराजित भएको थियो । तर, विश्वकपको दोस्रो खेलमा दुवै टोली एक अर्काविरुद्ध जीतको खोजिमा मैदान उत्रिदैछन् ।

पहिलो खेलमा कमजोर व्याटिङ गरेको श्रीलंकाले अफगानिस्तानविरुद्ध उत्कृष्ट ब्याटिङ गर्ने योजना बनाएको छ ।

यता अफगानिस्तान पनि श्रीलंकाविरुद्ध उत्कृष्ट कमव्याक गर्ने योजनामा रहेको छ । अफगानिस्तान आफ्नो बलिङलाई बलियो बनाउँदै श्रीलंकासँग नतिजा खोस्ने लक्ष्यमा छ ।

श्रीलंकाले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । जीवन मेन्डिसको स्थानमा नुवान प्रदीपलाई टिममा राखेका छन् । यता, अफगानिस्तान टिममा भने अष्ट्रेलियाविरुद्ध उत्रिएकै प्लेइङ इलाभेन छन् ।

श्रीलंका प्लेइङ इलाभेन

दिमुथ करुनरत्ने (कप्तान), धनन्जय डे सिल्भा, नुवान प्रदीप, सुरंगा लकमल, लासिथ मालिंगा, एन्जेलो मथेवस, कुशल मेन्डिस, कुशल परेरा, थिसरा परेरा, लाहिरु थिरिमाने, इसुरु उडना ।

अफगानिस्तान प्लेइङ इलाभेन

गल्बादिन नाइब (कप्तान), दवालत जद्रान, हमिद हसन, हस्मातउल्लाह शाहिदी, हज्रतउल्लाह जजाई, मोहम्मद नावी, मोहम्मद शाहजाद, मुजिब उर रहमान, नजिबुलाह जद्रान, रहमत शाह, राशिद खान ।