१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

श्रमिकको सुनिश्चित भविश्यका लागि सामाजिक सुरक्षा ऐन – उपाध्यक्ष ढकाल

श्रमिकको सुनिश्चित भविश्यका लागि सामाजिक सुरक्षा ऐन – उपाध्यक्ष ढकाल
अ अ+ अ-


हेटौडा । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् रोजगारदाता परिषद्का सभापति चन्द्रप्रसाद ढकालले नयाँ श्रम र सामाजिक सुरक्षासम्बन्धी ऐनले श्रमिकहरूको भविष्यको प्रत्याभूति गरेको बताएका छन् ।
‘श्रम ऐन र सामाजिक सुरक्षा ऐन’ विषयक तीन नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई मंगलबार प्रदेश नम्बर तीनको राजधानी हेटौंडामा सम्बोधन गर्दै उनले यी ऐनले श्रमिकको सामाजिक सुरक्षाको सुनिश्चितताका लागि दरिलो आधार तयार पारेको बताए ।
श्रम र सामाजिक सुरक्षा ऐन स्वयम् श्रमिक संगठन, राज्य र उद्योग प्रतिष्ठानहरूवीचको त्रिपक्षीय समझदारीको दस्तावेज भएको उल्लेख गर्दै सभापति ढकालले भने– यसबाट तीनै पक्ष उत्तिकै लाभान्वित हुनेछन्, यो सबैको लागि राम्रो कुरा हो ।
श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन आफैंमा नयाँ ऐन भएको उल्लेख गर्दै सभापति ढकालले यसले श्रमिक र उद्योग प्रतिष्ठानबीच सुमधुर सम्बन्ध कायम गर्न ठूलो भूमिका खेल्ने उल्लेख गरे ।
स्थानीय उद्योगी व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्ने क्रममा महासंघका उपाध्यक्ष ढकालले यस्ता कार्यशाला गोष्ठीहरूले सम्बन्धित सबै पक्षमा सचेतना प्रदान गर्ने वताउँदै प्रदेश स्तरमा संचालित यस विषयका गोष्ठीहरूलाई जिल्ला तहसम्म कसरी पु¥याउन सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिए ।
सभापति ढकालले मुलुक संघीय संरचनामा गइसकेपछि नेपाल उद्योग वाणिज्य महासंघ पनि प्रादेशिक संरचनामा गइसकेको जानकारी दिए ।
यसै सन्दर्भमा संघका प्रादेशिक कार्यालयहरूको पूर्वाधारहरूको थपव्यवस्थापनका लागि महासंघ रोजगारदाता परिषद्को आग्रहलाई स्वीकार गरेर अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले संघका प्रादेशिक संरचनाहरूको कार्यालय व्यस्थापनका लागि आवश्यक आधारभूत सामाग्रीहरु जस्तो फर्निचर, कम्प्युटर लगायत सामाग्रीहरु प्रदानगरी सहयोग पु¥याउँदै आएको पनि उनले जानकारी दिएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद र आइएलओ नेपालको पहलमाा देशका सातै प्रदेशमा प्रादेशिक स्तरका कार्यशाला गोष्ठीहरू सम्पन्न भइसकेका छन् ।
ती गोष्ठीहरुमा ती प्रदेशका उद्योग वाणिज्य महासंघका नेता तथा प्रतिनिधि एवम् सरोकारवालाहरुको सहभागिता रहने गरेको र सामाजिक सुरक्षा ऐन र श्रमिकसम्बन्धी ऐनको कार्यान्वयनका लागि आवश्यक सुझाव र परामर्श पनि गर्ने गरेका छन् ।
उनीहरुले यी कानुनहरुको व्यववहारिक प्रयोग र कार्यान्वयनका लागि नेपाल सरकारसँग महासंघले आवश्यक पहल र परामर्श गर्नुपर्ने सुझाव पनि दिएका छन् ।