१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

श्रीलंकाको विजयी सुरुवात, करियरमै सर्वश्रेष्ठ प्रदर्शन गरेका प्रदीप म्यान अफ द म्याच

श्रीलंकाको विजयी सुरुवात, करियरमै सर्वश्रेष्ठ प्रदर्शन गरेका प्रदीप म्यान अफ द म्याच
अ अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार दोस्रो हार ब्यहोरेको छ । यसअघि अष्ट्रेलियासँग पराजित भएको अफगानिस्तान फेरि श्रीलंकासँग पराजित भएको हो । कार्डिफस्थित सोफिया गार्डेनमा मंगलबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ३४ रनले पराजित गर्यो ।

पानी परेपछि ४१ ओभरमा खेल छोट्याइएको थियो । १८७ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको अफगानिस्तानले ३२.४ ओभरमा सबै विकेटको क्षतिमा १५२ रन मात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि नजिबउल्लाह जादरानले ४३ र हजरतउल्लाह शाहिदीले ३० रन बनाएका थिए ।

अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका नुवान प्रदीपले ३१ रन खर्चेर चार विकेट लिए । लासिथ मालिंगाले तीन विकेट लिए । आफ्नो वन डे करियरमै सर्वश्रेष्ठ प्रदर्शन गरेका प्रदीप म्यान अफ द म्याच भए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३६।५ ओभरमा सबै विकेटको क्षतिमा २०१ रन मात्रै बनाउन सक्यो । श्रीलंकाले सुरुवात राम्रो गरे पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा सामान्य स्कोर मात्रै बनाएको थियो । श्रीलंकाका लागि कुशल परेराले ७८ र कप्तान दिमुथ करुनरत्नेले ३० रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । ७ जना ब्याट्सम्यानले त दोहोरो अंकको स्कोर नै बनाउन सकेनन् ।

अफगानिस्तानलाई पराजित गर्दै श्रीलंकाले पहिलो जित निकालेको छ । यसअघि भएको खेलमा श्रीलंका न्युजिल्यान्डसँग १० विकेटले पराजित भएको थियो ।