६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट बागेश्वरी मन्दिरमा पूजा



अ+ अ-

बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा आज पूजा गर्नुभएको छ । उहाँले मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव दीपा शर्माले जानकारी दिनुभयो ।

पश्चिम नेपालको ठूलो शक्तिपीठ मानिने उक्त मन्दिरमा कडा सुरक्षा व्यवस्थासहित पुग्नुभएकी भण्डारीले राष्ट्रप्रमुख भएपछि पहिलोपटक उक्त देवीको पूजा गर्नुभएको हो ।


राष्ट्रपतिलाई मन्दिरका मूलमहन्त चन्द्रनाथ योगीले देवीको प्रसाद प्रदान गर्नाका साथै मन्दिरको आर्थिक अवस्थाबारे जानकारी गराउनुभएको थियो । मङ्गलबार मुस्लिम समुदायको पवित्र महीना रमदान मुबारकको अवसरमा नेपालगञ्जमा आयोजित ‘रोजा इफ्तार’ सहभागी हुनुभएकी राष्ट्रपति भण्डारी आज बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम छ ।