१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने बाढीबाट क्षतिग्रस्त सडक–पुल पुनर्निर्माणमा जोड दिन सांसद कँडेलको माग हिमाली जलवायु तथा विपद् कोष स्थापना गर्न सरकारसँग वर्षमान पुनको माग ‘ग्रीन आर्मी नेपाल’बारे काँग्रेसको प्रश्न–अमेरिकाको ‘ब्ल्याकवाटर’जस्तै प्राइभेट मिलिटरी कम्पनी हो ? सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीबाट बागेश्वरी मन्दिरमा पूजा



अ+ अ-

बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा आज पूजा गर्नुभएको छ । उहाँले मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव दीपा शर्माले जानकारी दिनुभयो ।

पश्चिम नेपालको ठूलो शक्तिपीठ मानिने उक्त मन्दिरमा कडा सुरक्षा व्यवस्थासहित पुग्नुभएकी भण्डारीले राष्ट्रप्रमुख भएपछि पहिलोपटक उक्त देवीको पूजा गर्नुभएको हो ।


राष्ट्रपतिलाई मन्दिरका मूलमहन्त चन्द्रनाथ योगीले देवीको प्रसाद प्रदान गर्नाका साथै मन्दिरको आर्थिक अवस्थाबारे जानकारी गराउनुभएको थियो । मङ्गलबार मुस्लिम समुदायको पवित्र महीना रमदान मुबारकको अवसरमा नेपालगञ्जमा आयोजित ‘रोजा इफ्तार’ सहभागी हुनुभएकी राष्ट्रपति भण्डारी आज बाँकेको बैजनाथ गाउँपालिका–५ जीगाउँस्थित प्रभात माध्यमिक विद्यालयको ५०औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनुहुने कार्यक्रम छ ।




भर्खरै