२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मूल्य आज घट्यो



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य घटेको घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको भाउ शुक्रवार रू. १०० घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९२ हजार २०० मा कारोबार भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार छापावाला सुन प्रतितोला र. १०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ७०० मा कारोबार भएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला रू. १ हजार २०० मा कारोबार भएको चाँदी शुक्रबार रू. १५ ले घटेर रू. १ हजार १८५ किनबेच भइरहेको छ ।