८ भाद्र २०८३, सोमबार
,
Latest
गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै… मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि स्थानीय स्तरमै समाधान खोज्न आवश्यकः प्रवक्ता डा. ढकाल सहअस्तित्वका नाममा वन्यजन्तु संरक्षणको भार किसानलाई मात्र बोकाउन नहुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सांसद ढकालको माग वन्यजन्तु र छाडा चौपायाको समस्या समाधान गर्न सरकारसँग सांसद भाटको माग पशुपतिनाथमा विशेष पूजा कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित



अ+ अ-

काठमाडौँ।  नेपाली कांग्रेसले पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनित गरेको छ ।

पार्टी उपसभापति एवं प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माले आज पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा ३६ (१) (ग) बमोजिम विभिन्न क्षेत्रका विज्ञलाई मनोनित गर्नुभएको हो ।

संयोजक शर्माले पार्टीका केन्द्रीय सदस्य प्रकाश पन्थ, अल्पसङ्ख्यक ह्योल्मो समुदायको विषयमा विद्यावारिधि गर्नुभएका डा प्रेमध्वज लामा, नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वसंयोजक विज्ञान प्रसाईं, आदिवासी जनजाति प्रतिष्ठानका पूर्वअध्यक्ष रेशम गुरुङलाई मनोनित गर्नुभएको छ ।

कृषि अभियन्ता एवं मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष सीताराम काफ्ले, आमसञ्चारमा स्नातकोत्तर गर्नुभएका मोहन गजुरेल, अनुपा श्रेष्ठ र अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर प्रतीक्षा चापागाईंलाई मनोनित गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।

कांग्रेसको नीतिगत स्पष्टता, अनुसन्धान र कार्यकर्ता प्रशिक्षणलाई थप प्रभावकारी बनाउन उक्त नियुक्ति गरिएको प्रतिष्ठानले जनाएको छ । रासस




भर्खरै