१६ असार २०८३, मंगलवार
,
Latest
विश्वकप फुटबलः नर्वेद्वारा आइभरी कोस्ट पराजित विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित आयल निगमले घटायो पेट्रोल, डिजेल, खाना पकाउने ग्यासको मूल्य मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भारत’ बन्यो सलमानको सर्वाधिक ठूलो ‘ओपनर’ सिनेमा, दुई दिनमा कमायो ७३.३० करोड



अ+ अ-

ईदको अवसरमा रिलिज भएको सलमान खान अभिनित सिनेमा ‘भारत’ रिलिजको दिनमा सर्वाधिक व्यापार गर्ने सलमानको पहिलो सिनेमा बनेको छ। सिनेमाले रिलिजको पहिलो दिननै सलमानका यस अघिका सिनेमाको व्यापारलाई पछाडि पारेको छ।

सिनेमाले रिलिजको दिन ४२.३० करोड भारूको कमाइ गरेको छ । यसअगाडि सलमान खान नै अभिनित सिनेमा ‘प्रेमरतन धन पायो’ ले रिलिजको दिन ४०.३५ करोड भारू कमाएको थियो।

अलि अव्बास जफर निर्देशित भारतले वक्सअफिसमा दुई दिनमा कुल ७३.३० करोड कमाएको छ । सिनेमा विश्वभरका ७० देशका १३ सय पर्दामा रिलिज भएको थियो।

सिनेमाले दोश्रो दिन ३१ करोड भारू कमाइ गरेको छ। यो कमाइ भारतको घरेलु वक्सअफिसको हो।

सिनेमाले आइतबारसम्म डेढ सय करोड बढि निकटको व्यापार गर्ने अनुमान गरिएको छ।

फिल्ममा सलमान खानका अलावा, क्याटरीना कैफ, दिशा पटानी, सुनील ग्रोबर लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ । यो फिल्मले भारत र पाकिस्तानको सम्बन्धलाई देखाएको छ ।