६ आश्विन २०८१, आईतवार
,
Latest
व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन दुई वर्षदेखि खेलमैदान अलपत्र रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ? नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार भुक्तानी नपाएपछि लुम्बिनी क्षेत्र भित्र निर्माणका काम ठप्प, निर्माण व्यवसायी धर्नामा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन ४१३ सवारीसाधन कारवाहीमा



अ+ अ-

काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ ।

ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिइएको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरनाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरूपमा निषेध गरिएको जानकारी दिनुभयो । महाशाखाले जथाभावी हर्न बजाउने सवारीसाधनलाई प्लेकार्ड, ब्यानर, अडियो, पर्चा पम्लेट वितरण गरेर सचेत गराएको थियो ।

“ध्वनिको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ विपरीत ध्वनि प्रदूषण गर्ने सवारीसाधनलाई आयातमा नै रोक लगाउन अनुरोधसमेत गरेका छौँ”, उहाँले भन्नुभयो । यसअघि उपत्यकामा विसं २०७४ वैशाख १ देखि उपत्यकालाई पूर्ण हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो । उक्त घोषणा धेरै मात्रामा लागू भए पनि पूर्णरूपमा भने लागू भएको थिएन ।

महाशाखाले ध्वनि प्रदूषण गरेवापत एउटा सवारीसाधनबाट रु ५०० कारवाहीस्वरुप लिँदै आएको छ । यातायात व्यवस्था विभागका अनुसार देशभर ३३ लाख तथा उपत्यकामा मात्र नौ लाख सवारीसाधन सञ्चालमा छन् ।