२३ असार २०८३, मंगलवार
,
Latest
अर्जेन्टिनाको रोमाञ्चक जित, इजिप्टले अग्रता जोगाउन नसक्दा पराजित प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा मध्यपूर्व द्वन्द्वबाट उत्पन्न वित्तीय जोखिम कायमैः बैङ्क अफ इङ्गल्याण्ड नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भालु र पोथी ब्वाँसोबीचको मित्रता



अ+ अ-

मानव जीवन विभिन्न भावनाले भरिएको हुन्छ। जनावरहरूको जीवन पनि त्यस्तै हो। उनीहरुको पनि साथी हुन्छन्, दुश्मनी पनि हुन्छ । उनीहरु माया पनि गर्छन् । यस्ता धेरै कथाहरू छन् जुन जङ्गललाई चिन्नेहरुले सुनाउन सक्छन्। यस्तै एउटा कथा भालु र ब्वाँसोको छ । दुवैको मित्रता गहिरो थियो, दुवै सँगै शिकार खेल्न जान्थे, धेरै पटक सँगै खेल्दा पनि देखिएका थिए ।

फिनल्याण्डकी फोटोग्राफर लस्सी राउटियानेनले यी दुईको कथा संसारसामु राखेकी छन् । लेसीले ब्वाँसो र खैरो भालु दुवैलाई धेरै पटक सँगै शिकार गरेको देखेको बताइन्।

शिकार पनि साझा गर्थे

यति मात्र होइन, यी दुई शिकारीबीचको मित्रता यति गहिरो थियो । दुवैले आफ्नो शिकार पनि बाँड्ने गर्थे । यस्ता कथा जङ्गलमा विरलै पाइन्छ । विशेषगरी ब्वाँसो र भालु एकअर्काका शत्रु हुन्। जब भालुले आफ्नो शिकार खान्छ, धेरै ब्वाँसाहरूले उसको शिकार खोस्ने प्रयास गर्छन्।

दुवै एक्लो थिए

समाचारअनुसार लेसीले उनीहरुसँगै बस्नुको कारण उनीहरुको एक्लोपन रहेको बताएकी थिइन् । दुवैजना एकदमै एक्लो थिए । जसका कारण दुवै सँगै देखिएका थिए । यी तस्विरहरू लेसीले सन् २०१३ मा खिचेकी थिइन् ।

१० दिन सँगै देखिए

लेसीले यी दुईको १० दिनको सुन्दर मित्रता देखिन् । उनीहरु साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सँगै देखिएका थिए । यस क्रममा लेसीले उनीहरुको कथा कैद गर्न धेरै पटक उनको पछि लागिन् र तिनीहरुको तस्बिरहरू संसारसँग साझा गरिन् ।

दुवै सँगै खेल्थे

यहाँसम्म कि दुवै पटकपटक सँगै खेल्थे । यस्तो कथाले के भन्छ भने जनावरले पनि मित्रता गर्छ, हेर्ने र क्यामेरा देखाउने मान्छे मात्र हुनुपर्छ ।