७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : धवन ठीक नभए ऋषभ पन्तलाई ल्याउने



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेट टिमले शिखर धवनको स्थानमा अर्को खेलाडीलाई परिवर्तन गर्ने भएको छ ।

औंलामा चोट लागेपछि शिखर धवन ३ साताका लागि मैदान बाहिर बस्नुपर्ने भएपछि भारतीय क्रिकेट टोलीमा ऋषभ पन्तले मौका पाउने अनुमान गरिएको छ।

औपचारिक रूपमा घोषणा नगरिएपनि पन्तलाई इङ्ल्याण्ड जान तयार रहन निर्देशन दिसकिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

द टाइम्स अफ इन्डियाका अनुसार धवन लामो समयसम्म मैदानबाहिर नै रहने भएपछि भारतीय क्रिकेट टिमले उनको स्थानमा पन्तलाई परिवर्तन गर्न सक्ने सम्भावना रहेको बताएको छ ।

विश्वकपका लागि टोलीमा ऋषभ पन्तको सट्टा दिनेश कार्तिकलाई छनौट गरेको थियो।

धवन ठीक नभएमा मात्रै पन्तले टोलीमा सथान पाउने बताइए पनि बिसिसीआईले यसबारेमा कुनै औपचारिक धारणा बाहिर ल्याएको छैन।

धवनको औंला फ्याक्चर भएकाले उनले न्यूजिल्याण्ड र पाकिस्तानविरूद्धको खेल गुमाउने अनुमान गरिएको छ।

बिसिसीआईले धवन हाल मेडिकल टिमको रेखदेखमा रहेका छन्। उनको उपचार बेलायतमै राखेर गरिनेछ।

धवनकै उत्कृष्ट ब्याटिङमा भारतले विश्वविजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो । उनले ११७ रन बनाएका थिए। यस पारीका लागि उनलाई म्यान अफ द म्याच घोषित गरिएको थियो।

अष्ट्रेलियाविरुद्धको खेलको क्रममा बलर नाथन कउल्टर नाइलले बलिङ गरेको बाउन्सर बलले लागेर उनको देब्रे हातको बुढी औला फ्याक्चर भएको थियो ।चोटका कारण उनी फिल्डिङका लागि मैदानमा आएका थिएनन। उनको सट्टा रविन्द्र जडेजाले फिल्डिङ गरेका थिए।

सोमबार उनको हातको बुढी औलाको स्क्यान गरिएको थियो । भारतीय क्रिकेट टिमले मंगलबार धवन करिब तीन सातासम्ममा मैदान बाहिर रहने जानकारी दिएको द टाइम्स अफ इन्डियाले लेखेको छ ।