१८ भाद्र २०८३, बिहीबार
,
Latest
पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : धवन ठीक नभए ऋषभ पन्तलाई ल्याउने



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेट टिमले शिखर धवनको स्थानमा अर्को खेलाडीलाई परिवर्तन गर्ने भएको छ ।

औंलामा चोट लागेपछि शिखर धवन ३ साताका लागि मैदान बाहिर बस्नुपर्ने भएपछि भारतीय क्रिकेट टोलीमा ऋषभ पन्तले मौका पाउने अनुमान गरिएको छ।

औपचारिक रूपमा घोषणा नगरिएपनि पन्तलाई इङ्ल्याण्ड जान तयार रहन निर्देशन दिसकिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

द टाइम्स अफ इन्डियाका अनुसार धवन लामो समयसम्म मैदानबाहिर नै रहने भएपछि भारतीय क्रिकेट टिमले उनको स्थानमा पन्तलाई परिवर्तन गर्न सक्ने सम्भावना रहेको बताएको छ ।

विश्वकपका लागि टोलीमा ऋषभ पन्तको सट्टा दिनेश कार्तिकलाई छनौट गरेको थियो।

धवन ठीक नभएमा मात्रै पन्तले टोलीमा सथान पाउने बताइए पनि बिसिसीआईले यसबारेमा कुनै औपचारिक धारणा बाहिर ल्याएको छैन।

धवनको औंला फ्याक्चर भएकाले उनले न्यूजिल्याण्ड र पाकिस्तानविरूद्धको खेल गुमाउने अनुमान गरिएको छ।

बिसिसीआईले धवन हाल मेडिकल टिमको रेखदेखमा रहेका छन्। उनको उपचार बेलायतमै राखेर गरिनेछ।

धवनकै उत्कृष्ट ब्याटिङमा भारतले विश्वविजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो । उनले ११७ रन बनाएका थिए। यस पारीका लागि उनलाई म्यान अफ द म्याच घोषित गरिएको थियो।

अष्ट्रेलियाविरुद्धको खेलको क्रममा बलर नाथन कउल्टर नाइलले बलिङ गरेको बाउन्सर बलले लागेर उनको देब्रे हातको बुढी औला फ्याक्चर भएको थियो ।चोटका कारण उनी फिल्डिङका लागि मैदानमा आएका थिएनन। उनको सट्टा रविन्द्र जडेजाले फिल्डिङ गरेका थिए।

सोमबार उनको हातको बुढी औलाको स्क्यान गरिएको थियो । भारतीय क्रिकेट टिमले मंगलबार धवन करिब तीन सातासम्ममा मैदान बाहिर रहने जानकारी दिएको द टाइम्स अफ इन्डियाले लेखेको छ ।