६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डो र नेयमार पछि पार्दै मेस्सी बने विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडी



अ+ अ-

काठमाडौं । अर्जेन्टिनाका एवं बार्सिलोनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडीको शीर्ष सूचीमा परेका छन् ।

अमेरिकाको चर्चित बिजनेस म्यागाजिन फोब्र्सले सार्वजनिक गरेको विश्वमा सर्वाधिक कमाई गर्ने खेलाडीको पहिलो सुचीमा मेस्सी परेका हुन् ।

अमेरिकी पत्रिका फोर्ब्सले पछिल्लो १२ महिनाको कमाइका आधारमा सर्वाधिक कमाउने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । १२७ मिलियन डलर कमाइसहित मेस्सी पहिलो नम्बरमा छन् ।

दोस्रो नम्बरमा रहेका युभेन्टस तथा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोको कमाइ १०९ मिलियन डलर छ भने तेस्रो स्थानमा रहेका पीएसजी तथा ब्राजिलका नेयमारको १०५ मिलियन डलर कमाइ छ ।

चौथो स्थानमा मेक्सिकोका बक्सर कानेलो अल्भारेज छन् । उनको कमाई ९४ मिलियन डलर रहेको छ ।

पाँचौं स्थानमा अटाएका स्वीस टेनिस स्टार रोजर फेडेररको कमाई ९३.४ मिलियन, छैटौं स्थानमा रहेको अमेरिकन फुटबलर रुसेल विल्सनको ८९.५ मिलियन र सातौं स्थानमा रहेका अमेरिकाकै फुटबलर आरोन रोड्जर्सको ८९.३ मिलियन अमेरिकी डलर छ । यसैगरी बास्केटबलका लेब्रोन जेम्सको ८९ मिलियन सहित आठौं र बास्केटबलमै स्टेफेन्स करी ७९.८ मिलियन डलरसहित नवौं र केभिन डुरान्ट ६५.४ मिलियन डलर सहित शीर्ष १० मा अटाएका छन् ।

गत वर्ष सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका बक्सर फ्लोइड मेवेदरले योपटक सूचीमा नै परेनन् ।