१८ भाद्र २०८३, बिहीबार
,
Latest
पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’ रसुवा बाढीः कास्कीका तीन जना सम्पर्कमा, १२ को अवस्था अज्ञात इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डो र नेयमार पछि पार्दै मेस्सी बने विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडी



अ+ अ-

काठमाडौं । अर्जेन्टिनाका एवं बार्सिलोनाका स्टार लियोनल मेस्सी विश्वकै सर्वाधिक कमाई गर्ने खेलाडीको शीर्ष सूचीमा परेका छन् ।

अमेरिकाको चर्चित बिजनेस म्यागाजिन फोब्र्सले सार्वजनिक गरेको विश्वमा सर्वाधिक कमाई गर्ने खेलाडीको पहिलो सुचीमा मेस्सी परेका हुन् ।

अमेरिकी पत्रिका फोर्ब्सले पछिल्लो १२ महिनाको कमाइका आधारमा सर्वाधिक कमाउने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । १२७ मिलियन डलर कमाइसहित मेस्सी पहिलो नम्बरमा छन् ।

दोस्रो नम्बरमा रहेका युभेन्टस तथा पोर्चुगलका क्रिष्टियानो रोनाल्डोको कमाइ १०९ मिलियन डलर छ भने तेस्रो स्थानमा रहेका पीएसजी तथा ब्राजिलका नेयमारको १०५ मिलियन डलर कमाइ छ ।

चौथो स्थानमा मेक्सिकोका बक्सर कानेलो अल्भारेज छन् । उनको कमाई ९४ मिलियन डलर रहेको छ ।

पाँचौं स्थानमा अटाएका स्वीस टेनिस स्टार रोजर फेडेररको कमाई ९३.४ मिलियन, छैटौं स्थानमा रहेको अमेरिकन फुटबलर रुसेल विल्सनको ८९.५ मिलियन र सातौं स्थानमा रहेका अमेरिकाकै फुटबलर आरोन रोड्जर्सको ८९.३ मिलियन अमेरिकी डलर छ । यसैगरी बास्केटबलका लेब्रोन जेम्सको ८९ मिलियन सहित आठौं र बास्केटबलमै स्टेफेन्स करी ७९.८ मिलियन डलरसहित नवौं र केभिन डुरान्ट ६५.४ मिलियन डलर सहित शीर्ष १० मा अटाएका छन् ।

गत वर्ष सर्वाधिक कमाइ गर्ने खेलाडी बनेका बक्सर फ्लोइड मेवेदरले योपटक सूचीमा नै परेनन् ।