३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरटीको ललित स्मृति फुटबल प्रतियोगितामा विजयी सुरुवात, च्यासल पराजित



अ+ अ-

काठमाडौं । एनआरटी क्लबले ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एनआरटीले च्यासल युवा क्लबलाई ४–१ गोलले हराएको हो ।

एनआरटीको जितमा रेजन माझी, कृतिशरत्न छुन्जु,शुसान शर्मा धिताल र बिवेक राईले समान एक एक गोल गरे । यता च्यासलका लागि भने एक मात्रै गोल सेरब लो तामाङले गरेका थिए । खेलको पहिलो मिनेटमा नै रेजन माझीले गोल गर्दै एनआरटीलाई १–०को अग्रता दिलाएका थिए । तर उक्त अग्रता खेलको ४४ औं मिनेटमा तोडिएको थियो । च्यासलका लागि सेरब लो तामाङले गोल गर्दै खेल १–१ को बराबरी ल्याए । पहिलो हाफ १–१ गोलको बराबरी खेलेको च्यासल दोस्रो हाफमा राम्रो खेल्न नसक्दा थप तीन गोल खायो ।

एनआरटीका लागि कृतिशरत्न छुन्जुले ५४ औं मिनेटमा गोल गर्दै अग्रता २–१ मा पुर्याए । खेलको ८१ औं मिनेटमा शुसान शर्मा धितालले पेनाल्टीमार्फत गोल गरे । ८७ औं मिनेटमा बिवेक राईले गोल गर्दै एनआरटीलाई ४–१ को सहज जित दिलाए ।