७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरटीको ललित स्मृति फुटबल प्रतियोगितामा विजयी सुरुवात, च्यासल पराजित



अ+ अ-

काठमाडौं । एनआरटी क्लबले ललित स्मृति यू–१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एन्फा कम्प्लेक्स मैदान सातदोवाटोमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा एनआरटीले च्यासल युवा क्लबलाई ४–१ गोलले हराएको हो ।

एनआरटीको जितमा रेजन माझी, कृतिशरत्न छुन्जु,शुसान शर्मा धिताल र बिवेक राईले समान एक एक गोल गरे । यता च्यासलका लागि भने एक मात्रै गोल सेरब लो तामाङले गरेका थिए । खेलको पहिलो मिनेटमा नै रेजन माझीले गोल गर्दै एनआरटीलाई १–०को अग्रता दिलाएका थिए । तर उक्त अग्रता खेलको ४४ औं मिनेटमा तोडिएको थियो । च्यासलका लागि सेरब लो तामाङले गोल गर्दै खेल १–१ को बराबरी ल्याए । पहिलो हाफ १–१ गोलको बराबरी खेलेको च्यासल दोस्रो हाफमा राम्रो खेल्न नसक्दा थप तीन गोल खायो ।

एनआरटीका लागि कृतिशरत्न छुन्जुले ५४ औं मिनेटमा गोल गर्दै अग्रता २–१ मा पुर्याए । खेलको ८१ औं मिनेटमा शुसान शर्मा धितालले पेनाल्टीमार्फत गोल गरे । ८७ औं मिनेटमा बिवेक राईले गोल गर्दै एनआरटीलाई ४–१ को सहज जित दिलाए ।