१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिङ्देनप्रति ओलीको कटाक्ष– ‘भर्खर भर्खरको बाछो अलि कुद्छ’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनको अभिव्यक्तिलाई लिएर कटाक्ष गरेका छन् ।

कांग्रेसको १४ औंमहाधिवेशन उद्घाटन समारोहमा बोल्दै लिङदेनले ‘सबै नेताहरु चोर हुन्’ भन्ने छाप जनतामा परेको बताउँदै राजसंस्थाको वकालत गरेका थिए ।

लिङदेनलाई जवाफ दिँदै ओलीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त अहिलेको सन्दर्भमा असान्दर्भिक रहेको बताएका हुन् ।

उनले भने, ‘उहाँले हरेक नेता चोर हुन्छ भन्ने खालको कुरा गर्नुभयो । नयाँ नयाँ अध्यक्ष भएको रापताप होला । भर्खर भर्खरको बाछो अलि कुद्छ क्या, हिँड्न जान्दैन । अलिक समयमा ठिकमा आउला भन्ने लाग्छ मलाई ।’

केही साना दललाई कांग्रेसले औंला समाउन दिएन भने के होला भन्ने पिर छः अध्यक्ष ओली