काठमाडौं । सुनको मूल्य आज सय रुपैयाँले बढेको बढेको छ । प्रतितोला ६३ हजार रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्य ७ सय २० रुपैयाँ पुगेको छ। चाँदीको मूल्यमा भने सामान्य उतारचढा देखिएको छ। हिजो ७ सय १५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ बढेको हो।