७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६६ यात्रु सवार युनाइटेड एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लियो



अ+ अ-

काठमाडौं । १६६ यात्रु सवार युनाइटेड एयरलाइन्सको एक विमानको टायर अवतरणका क्रममा पंक्चर भएपछि अमेरिकाको न्युजर्सीमा रहेको व्यस्त न्युआर्क विमानस्थल शनिवार केही समयका लागि बन्द गरिएको छ ।

संघीय उड्डयन प्रशासनका अनुसार अवतरणका क्रममा टायर पंक्चर भएपछि विमान धावनमार्गबाट अलिकति चिप्लिएको थियो । प्रशासनको अनुसार यो घटनामा केही यात्रुलाई सामान्य चोटपटक लागेको थियो तर उनीहरूले स्वास्थ्य जाँच गराउन मानेनन्

युनाइटेड एयरलाइन्सको फ्लाइट ६२७ डेन्भरबाट आइपुगेर १ बजे अवतरण गरेको थियो । त्यसक्रममा यो धावनमार्गको देब्रेतर्फ चिप्लिएको थियो । विमानको प्रमुख ल्यान्डिङ गीयर घाँसे इलाकामा अड्किएको थियो ।

घटनापछि न्युर्आक विमानस्थल एक घन्टाका लागि बन्द गरिएको थियो । यात्रुहरू विमानबाट ओर्लिएपछि विमानलाई हटाइएको उड्डयन प्रशासनले बतायो । अनुसन्धानकर्मीहरूले यसको जाँचबुझ गरिरहेका छन् ।