१ असार २०८३, सोमबार
,
Latest
सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’ गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रनेश गौतमलाई थुनामुक्त गर्न अदालतको आदेश



अ+ अ-

काठमाडौं । ‘साइबर क्राइम’को अभियोगमा थुनामा रहेका प्रनेश गौतम रिहा भएका छन् । गौतमलाई आइतबार थुनामुक्त गर्न अदालतले आदेश दिएको हो ।

आइतबार जिल्ला अदालत, काठमाडौंले साधारण तारेखमा उनलाई छाड्न आदेश दिएको हो ।

चलचित्र वीर विक्रम २ का निर्देशक मिलन चाम्सले दिएको जाहेरीका आधारमा प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले २४ जेठमा उनलाई पक्राउ गरेको थियो । गौतमको पक्राउलाई लिएर सर्वसाधारण तथा नागरिक समाज विरोधमा उत्रिएका थिए ।

यसअघि तीब्र विरोध हुँदा बिहीबार राति गौतमलाई हाजिरी जमानीमा प्रहरीले छाडेको थियो । तर, शुक्रबार विहान ६ बजे नै महानगरीय प्रहरी अपराध महाशाखामा उपस्थित भएका उनलाई पुनः हिरासतमा लिइएको थियो ।

चाम्सले आफ्नो फिल्म वीरविक्रम–२ को समीक्षा बिगारेर गौतमले मेमे नेपाल नामक युट्युब च्यानलमा प्रकाशित गरेको आरोप लगाएर उजुरी दिएको बताइएको छ । विशुद्ध फिल्म समीक्षालाई लिएर नियन्त्रणमा लिइएको भन्दै यतिबेला प्रहरी कदमको आलोचना भइरहेको छ । यसैलाई लिएर राजधानीमा बुधबार प्रदर्शनसमेत गरिएको थियो ।

तर, निर्देशक चाम्सले यसको खण्डन गरेका छन् । आफ्नो मानहानी गरेकाले आफू युट्युबरविरुद्ध कारवाही माग गर्दै प्रहरीको शरणमा पुगेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस् 

दीपक भन्छन् : मिम नेपाल र मिलन चाम्स दुबैले आत्म आलोचना गर्नुपर्छ


मिम नेपालका सञ्चालक प्रनेश गौतम पक्राउको विरोधमा प्रदर्शन



http://newspolar.com/2019/06/96035




भर्खरै