७ पुष २०८२, सोमबार
,
Latest
ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रनेश गौतमलाई थुनामुक्त गर्न अदालतको आदेश



अ+ अ-

काठमाडौं । ‘साइबर क्राइम’को अभियोगमा थुनामा रहेका प्रनेश गौतम रिहा भएका छन् । गौतमलाई आइतबार थुनामुक्त गर्न अदालतले आदेश दिएको हो ।

आइतबार जिल्ला अदालत, काठमाडौंले साधारण तारेखमा उनलाई छाड्न आदेश दिएको हो ।

चलचित्र वीर विक्रम २ का निर्देशक मिलन चाम्सले दिएको जाहेरीका आधारमा प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले २४ जेठमा उनलाई पक्राउ गरेको थियो । गौतमको पक्राउलाई लिएर सर्वसाधारण तथा नागरिक समाज विरोधमा उत्रिएका थिए ।

यसअघि तीब्र विरोध हुँदा बिहीबार राति गौतमलाई हाजिरी जमानीमा प्रहरीले छाडेको थियो । तर, शुक्रबार विहान ६ बजे नै महानगरीय प्रहरी अपराध महाशाखामा उपस्थित भएका उनलाई पुनः हिरासतमा लिइएको थियो ।

चाम्सले आफ्नो फिल्म वीरविक्रम–२ को समीक्षा बिगारेर गौतमले मेमे नेपाल नामक युट्युब च्यानलमा प्रकाशित गरेको आरोप लगाएर उजुरी दिएको बताइएको छ । विशुद्ध फिल्म समीक्षालाई लिएर नियन्त्रणमा लिइएको भन्दै यतिबेला प्रहरी कदमको आलोचना भइरहेको छ । यसैलाई लिएर राजधानीमा बुधबार प्रदर्शनसमेत गरिएको थियो ।

तर, निर्देशक चाम्सले यसको खण्डन गरेका छन् । आफ्नो मानहानी गरेकाले आफू युट्युबरविरुद्ध कारवाही माग गर्दै प्रहरीको शरणमा पुगेको उनको भनाइ छ ।

यो पनि पढ्नुहोस् 

दीपक भन्छन् : मिम नेपाल र मिलन चाम्स दुबैले आत्म आलोचना गर्नुपर्छ


मिम नेपालका सञ्चालक प्रनेश गौतम पक्राउको विरोधमा प्रदर्शन



http://newspolar.com/2019/06/96035