काठमाडौँ । नेकपा (एमाले) को १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक दोस्रो बैठक आज बस्दैछ । भक्तपुरको गठ्ठाघरमा स्थित जर्मनहाउस हस्पिटालीटी आज र भोलि दुई दिनसम्म बस्ने केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्ने छ ।
बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र नेताहरूको कार्य विभाजन जिल्ला तथा नगर अधिबेशन लगायतका १५ एजेण्डामा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
केन्द्रीय कमिटीको पहिलो बैठक भने महाविधेशनस्थल चितवनको सौराहामै बसेको थियो।