१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्न एमाले केन्द्रीय कमिटीको बैठक बस्दै



अ+ अ-

काठमाडौँ  । नेकपा (एमाले) को १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक दोस्रो बैठक आज बस्दैछ । भक्तपुरको गठ्ठाघरमा स्थित जर्मनहाउस हस्पिटालीटी  आज र भोलि दुई दिनसम्म  बस्ने केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी र पोलिट्ब्युरो गठन गर्ने छ ।

बैठकमा बाँकी रहेका केन्द्रीय सदस्यको शपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनयन, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन र नेताहरूको कार्य विभाजन  जिल्ला तथा नगर अधिबेशन लगायतका १५ एजेण्डामा छलफल हुने  कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटीको पहिलो बैठक भने महाविधेशनस्थल चितवनको सौराहामै बसेको थियो।