७ पुष २०८२, सोमबार
,
Latest
एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे डिसेम्बरको पलेँटीमा आभासको सांगीतिक प्रस्तुति फागुन २१ गते चुनाव हुँदैन भन्ने एमालेको निष्कर्ष छः महेश बस्नेत काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : १६ चौका प्रहार गर्दै शकिबले वेष्ट इन्डिजलाई हराए



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशसँग वेष्ट इन्डिज पराजित भएको छ । सोमबार भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई सात विकेटले हराएको हो ।

३२२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४१.३ ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बंगलादेश लागि शकिब अल हसनले शतक बनाए । उनले ९९ बलमा १६ चौका प्रहार गर्दै १२९ रन बनाए । त्यस्तै लिटोन दासले ९४ रन बनाए । उनले ६९ बलमा ८ चौका र ४ छक्का प्रहार गरेका थिए । तमिम इकबलले ४८, सौम्या सरकारले २९ रन बनाउदा मुस्ताफिजुर रहमान १ रनमै आउट भए ।

यता वेष्ट इन्डिजका लागि एन्ड्रे रसेल र ओशेन थोमसले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२१ रन बनायो ।उसका लागि शाइ होपले ९६ रन बनाए । उनि शतक बनाउनबाट ४ रनले चुके । होपले ९६ रन बनाउने क्रममा १२१ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे । यता इभिन लेविसले ६७ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतले ७० रन बनाए ।

यता शिमरन हिटम्यरले अर्ध शतक प्रहार गरे । उनले ५० रन बनाउने क्रममा २६ खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । ज्यासन होल्डर ले ३३ रन बनाउदा ड्यारेन ब्राभो १९ रन बनाए । तर पछिल्ला क्रममा अरु ब्याट्सम्यानले त्यसअनुसार रन बनाएन सकेनन् ।ओशेन थोमसले ६ रन बनाए । आशा गरिएको क्रिश गेल र एन्ड्रे रसेल शून्य रनमै आउट भए ।

बंगलादेशको लागि मुस्ताफिजुर रहमान र मोहम्मद सइफुदिनले समान तीन तथा शकिब अल हसन दुई विकेट लिए ।

जितसँगै पाँच खेल खेलेको बंगलादेशको ५ अकं रहेको भने पराजित भएको वेस्ट इन्डिजको समान खेलबाट ३ अकं रहेको छ । बंगलादेश अंक तालिकाको पाँचौं स्थानमा रहदा र वेस्ट इन्डिज सातौ स्थानमा छ ।