१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट : १६ चौका प्रहार गर्दै शकिबले वेष्ट इन्डिजलाई हराए



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा बंगलादेशसँग वेष्ट इन्डिज पराजित भएको छ । सोमबार भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई सात विकेटले हराएको हो ।

३२२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले ४१.३ ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बंगलादेश लागि शकिब अल हसनले शतक बनाए । उनले ९९ बलमा १६ चौका प्रहार गर्दै १२९ रन बनाए । त्यस्तै लिटोन दासले ९४ रन बनाए । उनले ६९ बलमा ८ चौका र ४ छक्का प्रहार गरेका थिए । तमिम इकबलले ४८, सौम्या सरकारले २९ रन बनाउदा मुस्ताफिजुर रहमान १ रनमै आउट भए ।

यता वेष्ट इन्डिजका लागि एन्ड्रे रसेल र ओशेन थोमसले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२१ रन बनायो ।उसका लागि शाइ होपले ९६ रन बनाए । उनि शतक बनाउनबाट ४ रनले चुके । होपले ९६ रन बनाउने क्रममा १२१ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे । यता इभिन लेविसले ६७ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतले ७० रन बनाए ।

यता शिमरन हिटम्यरले अर्ध शतक प्रहार गरे । उनले ५० रन बनाउने क्रममा २६ खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे । ज्यासन होल्डर ले ३३ रन बनाउदा ड्यारेन ब्राभो १९ रन बनाए । तर पछिल्ला क्रममा अरु ब्याट्सम्यानले त्यसअनुसार रन बनाएन सकेनन् ।ओशेन थोमसले ६ रन बनाए । आशा गरिएको क्रिश गेल र एन्ड्रे रसेल शून्य रनमै आउट भए ।

बंगलादेशको लागि मुस्ताफिजुर रहमान र मोहम्मद सइफुदिनले समान तीन तथा शकिब अल हसन दुई विकेट लिए ।

जितसँगै पाँच खेल खेलेको बंगलादेशको ५ अकं रहेको भने पराजित भएको वेस्ट इन्डिजको समान खेलबाट ३ अकं रहेको छ । बंगलादेश अंक तालिकाको पाँचौं स्थानमा रहदा र वेस्ट इन्डिज सातौ स्थानमा छ ।