१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकको कुटाईबाट फेरि ६ जना विद्यार्थी घाइते



अ+ अ-

सर्लाही । शिक्षकको कुटाइबाट सर्लाहीको बरहथवा नगरपालिका १ हजरियामा छ जना विद्यार्थी घाइते भएका छन। बागमती सामुदायक विद्यालयका कक्षा १ देखि ३ कक्षासम्म अध्यन गर्ने विद्यार्थीलाइ सोही विद्यालयका प्रधानाध्यापक महेन्द्रप्रसाद रायले सोमबार बिहान बेहोस हुने कुटपिट गरेका थिए। प्रअ रायको कुटाइबाट कक्षा ३ मा पढने छात्र १० वर्षीय संजिप सहनी बेहोस भएका छन भने उनीसगै पढने अरु पाँच जनाको शरीरको विभिन्न ठाउमा गहिरो चोट लागेको छ।

बिहान प्रार्थना गर्न सिधा लाइन नबसेको भन्दै प्रअ यादवले विष्णुधर सहनी, गजेन्द्र सहनी, राजकिश्वर सहनी, कैलास सहनी र तेतरीदेवी सहनीलाइ लाठ्ठिले कुटेर घाइते बनाएको वरहथवा नगरपालिका १ का वडा अध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो। घाइते मध्य बेहोस भएका संजिप सहनीको बरहथवामा रहेको भेनस हेल्थ कियस सेन्टरमा उपचार भैइरहेको छ।अन्य सामान्य उपचारपछि घर फर्किएका छन। यो खबर आजको नेपाल समाचारपत्रमा छ।