६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बाप्पे बार्सिलोना र म्याड्रिड जाने कुरा हल्ला हो, २०० प्रतिशत पीएसजीमै रहन्छन् : अध्यक्ष नासिर



अ+ अ-

काठमाडौं । फ्रेन्च फुटबल स्टार केलियन एम्बाप्पे घरेलु क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमै रहने भएका छन् ।

एमबाप्पेले क्लब छाड्ने हल्ला चलिरहंदा क्लबका अध्यक्ष नासिर अल खेलाइफीले भने उनी पीएसजीमै रहने २०० प्रतिशत पक्का रहेको बताएका छन् । अध्यक्ष नासिरले फ्रान्स फुटबललाई अन्तरवार्ता दिदै भनेका छन्, ‘उनी जस्ता क्रेजी खेलाडीलाई म जान दिने छइन।’

संचार माध्यमले पनि उनि स्पेनीस कल्ब बार्सिलोना र रियल म्याड्रिड जाने बताएका थिए । तर कल्बले उनलाई नबेच्ने बताए ।

उनलाई सन् २०१७ मा मोनाकोबाट हस्ताक्षर गराएर पीएसजीले क्लबमा अनुबन्धन गरेको थियो ।एम्बाप्पेले लिग वानको प्लेयर अफ द इयर अवार्ड जितेपछि नयाँ परियोजनाको बिषयमा बोलेपछि क्लब छाड्ने सम्भावना देखिएको थियो ।

एम्बाप्पेले पीएसजीमा ८७ खेलमा ६० गोल गरेका छन् । दुई उपाधि र एक फ्रेन्च कप जितेका छन् । एम्बाप्पे यस सिजनमा लिगमा २९ खेलमा ३३ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन् । उनले आठ गोलका लागि सहयोग गरेका थिए ।

एम्बाप्पेले च्याम्पियन्स लिगमा ८ खेलमा ४ गोल गरेका थिए भने ५ गोल गर्न सघाएका थिए । कप डे फ्रान्समा उनले ४ खेलमा २ गोल गर्दा ३ गोलका लागि सघाउ पुर्याएका थिए ।

समग्रमा यो सिजनमा उनले ४२ खेलमा ३८ गोल गरेका थिए भने १७ गोलका लागि एसिस्ट गरेका थिए ।

२० वर्षीय एम्बाप्पेले रुस विश्वकपमा युवा खेलाडीको उपाधि जितेका थिए ।