१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्बाप्पे बार्सिलोना र म्याड्रिड जाने कुरा हल्ला हो, २०० प्रतिशत पीएसजीमै रहन्छन् : अध्यक्ष नासिर



अ+ अ-

काठमाडौं । फ्रेन्च फुटबल स्टार केलियन एम्बाप्पे घरेलु क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमै रहने भएका छन् ।

एमबाप्पेले क्लब छाड्ने हल्ला चलिरहंदा क्लबका अध्यक्ष नासिर अल खेलाइफीले भने उनी पीएसजीमै रहने २०० प्रतिशत पक्का रहेको बताएका छन् । अध्यक्ष नासिरले फ्रान्स फुटबललाई अन्तरवार्ता दिदै भनेका छन्, ‘उनी जस्ता क्रेजी खेलाडीलाई म जान दिने छइन।’

संचार माध्यमले पनि उनि स्पेनीस कल्ब बार्सिलोना र रियल म्याड्रिड जाने बताएका थिए । तर कल्बले उनलाई नबेच्ने बताए ।

उनलाई सन् २०१७ मा मोनाकोबाट हस्ताक्षर गराएर पीएसजीले क्लबमा अनुबन्धन गरेको थियो ।एम्बाप्पेले लिग वानको प्लेयर अफ द इयर अवार्ड जितेपछि नयाँ परियोजनाको बिषयमा बोलेपछि क्लब छाड्ने सम्भावना देखिएको थियो ।

एम्बाप्पेले पीएसजीमा ८७ खेलमा ६० गोल गरेका छन् । दुई उपाधि र एक फ्रेन्च कप जितेका छन् । एम्बाप्पे यस सिजनमा लिगमा २९ खेलमा ३३ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका छन् । उनले आठ गोलका लागि सहयोग गरेका थिए ।

एम्बाप्पेले च्याम्पियन्स लिगमा ८ खेलमा ४ गोल गरेका थिए भने ५ गोल गर्न सघाएका थिए । कप डे फ्रान्समा उनले ४ खेलमा २ गोल गर्दा ३ गोलका लागि सघाउ पुर्याएका थिए ।

समग्रमा यो सिजनमा उनले ४२ खेलमा ३८ गोल गरेका थिए भने १७ गोलका लागि एसिस्ट गरेका थिए ।

२० वर्षीय एम्बाप्पेले रुस विश्वकपमा युवा खेलाडीको उपाधि जितेका थिए ।