१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानीमै प्रधानमन्त्रीलाई कालोझण्डा, दुई जना पक्राउ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजधानी काठमाडौमै कालोझण्डा देखाएका छन् । बुधबार बिहान राजधानीको कलंकी मालपोत कार्यालयमा प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाइएको हो ।

प्रधानमन्त्री ओलीलाई कालोझण्डा देखाउने दुई जनालाई प्रहरीले पक्राउ गरेपनि पक्राउ पर्नेहरूको नाम भने सार्वजनिक गरिएको छैन ।

कालिमाटी प्रहरी प्रमुख डीएसपी देवेन्द्रबहादुर पालका अनुसार पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ ।

‘नमूना’ भनिएको कलंकी मालपोत कार्यालय उदघाटनका लागि पूर्वनिर्धाति समय १० बजेभन्दा झण्डै एक घण्टा ढिलो पुगेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान कलंकी आइपुगेका बेला कालोझण्डा देखाएका हुन् ।

उनीहरूलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको थियो । कालोझण्डा देखाउने क्रममा उनीहरूले ओलीविरुद्ध नारावाजी समेत गरेका थिए ।