१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

काभ्रेमा बाढी–पहिरोले चारको मृत्यु, १० बेपत्ता

काभ्रेमा बाढी–पहिरोले चारको मृत्यु, १० बेपत्ता
अ अ+ अ-

काभ्रेपलाञ्चोक: तीन दिनदेखिको अविरल वर्षाका कारण यहाँ विभिन्न स्थानमा बाढी–पहिरोले ठूलो जनधनको क्षति भएको छ । बाढी–पहिरोमा परी तीन जनाको मृत्यु भएको छभने १० जना बेपत्ता भएका छन् । जिल्लास्थित तीन राजमार्ग अवरुद्ध छन् ।

अविरल वर्षाका कारण आज बिहान बनेपा नगरपालिका–१० जनागालस्थित एक घरमा पहिरो खस्दा छ वर्षीय यूनिष हुमागाईंको मृत्यु भएको छ । घाइते अवस्थामा यूनिषलाई तत्काल उद्धार गरी भक्तपुर अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीय सञ्जिव विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार घरमाथिको जग्गा प्लटिङबाट आएको पहिरोले हुमागाईँको घर भत्किएको थियो । बनेपा पुलबजारस्थित राजमार्ग डुबानका कारण उनको उपचाररार्थ भक्तपुर लैजानुपरेको थियो ।

वर्षाका कारण आज बिहान दुई घर भत्किँदा तेमाल गाउँपालिका–७ चापाखोरीमा दुई महिलाको मृत्यु भएको छ । स्थानीय शिक्षक प्रेमबहादुर लामाका अनुसार मृत्यु हुनेमा ५० वर्षीया पाताली तामाङ र उनकी ३९ वर्षीया बहिनी रहेका छन् । बहिनी पातालीको घरमा मकै भाँंच्ने काममा धुल्खुबाट सघाउन आउनुभएको थियो । घटनापछि प्रहरी चौकी नारायणस्थानबाट उद्धार भइरहेको बताइएको छ ।

यस्तै बेथान्चोक गाउँपालिकामा घर जाने क्रममा ५ नं वडा च्याल्टीमा गएको पहिरोमा पुरिएर शुक्रबार साँझ ४५ वर्षीय प्रेमबहादुर वाइबाको निधन भएको छ । वडाध्यक्ष राजकुमार वाइबाका अनुसार खोला तरेर घर जाने क्रममा बारीको ढिस्को बाटोमा आँउदा उनी पुरिएका हुन् । च्याल्टीमा खोला ठूलो भएकाले खोला तर्न नसकेका स्थानीयलाई वाइबाले खोला तारी दिएर आफूपछि तर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएरातीदेखि १० जना पहिरोमा परी बेपत्ता भएका छन् । आज बिहान साढे ३ बजे पनौती नगरपालिका–१२ कलाँतीमा पहिरोले घर पुरिँदा श्रीमान श्रीमती बेपत्ता भएका छन् । यस्तै बिहान करिब ६ बजे बनेपा–१४ थालचोकमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका हुन् ।

बिहान ६ बजे नमोबुद्ध नपा–२ श्यामापाटीमा पहिरोमा परी दुई बेपत्ता तथा  पनौती–११ थुम्कीमा एक घर पुरिँदा चार जना बिहानदेखि सम्पर्कविहिन अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै उद्धारमा कठिनाइ भए पनि अहिले यी घटनास्थलमा उद्धारका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मी परिचालन भएको जनाइएको छ ।

यसैगरि पनौतीकै १२ नं वडास्थित कोलाँतीमा गोपाल तिमल्सिनाको घर पुरिँदा चार जना पुरिएकामा तीन जनालाई जिवितै उद्धार गरिएको छभने एक जना अझै बेपत्ता रहेको कार्यालयले जनाएको छ । पनौती–१२ थुम्की डाँडामा पहिरोको जोखिममा परेका करिब एक सय जना उद्धारको पर्खाइमा बसेको जनाइएको छ । मण्डनदेउपुर नपा–१२ स्थित काफलचौर ५ घर र ३ नं वडाको बयरबोटमा एक घर जोखिममा परेको तथा रोशी गाउँपालिकास्थित विपी राजमार्गमा पर्ने नार्के बजारमा सडक छेउका दुई घर पहिरोमा परी बगाएको छ ।

मण्डनदेउपुरकै कोदारीभिरमा पहिरो खसेपछि हेलम्बू राजमार्गको जिरोकिलो कुन्ताबेसी–मेलम्ची सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । नगरप्रमुख टोकबहादुर वाइबाले राजमार्ग खुलाउने तथा जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

अविरल वर्षाका कारण काभे्रपलाञ्चोकको रोशीस्थित चिउरीबासमा रोशी खोलाको बाढीले आज मध्यान्ह करिब १०० मिटर सडक बगाएको छ । यस्तै खहरे खोलाको लेदो तथा सडक बगाउँदा रोशीस्थित विपी राजमार्गको दुई स्थानमा शुक्रबार दिउँसोदेखि सडक अवरुद्ध भएको छ । यस्तै अरनिको राजमार्गअन्तर्गत बनेपास्थित पुलबजार डुबान हुँदा यातायातका साधान रोकिएका छन् ।

शुक्रबार साँझ पाँचखाल नगरपालिका–५ स्थित सडकमा गुडिरहेको बसमाथि रुख ढल्दा बसमा क्षति पुग्नुका साथै सडक अवरुद्ध भएको थियो । यस्तै अरनिको राजमार्गअन्तर्गतकै निर्माणाधीन धुलिखेल–खावा सडकको विभिन्न स्थानमा पहिरो तथा लेदोका कारण यातायातका साधाव आज बिहानदेखि ठप्प रहेको खावा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक उमेश थपलियाले जानकारी दिनुभयो ।

रोही गाउँपालिकाको ११ नं वडास्थित माम्तीमा शुक्रबार दिउँसो खहरे खोलाको बाढीले सडकको ह्यूमपाइपसमेत बगाउँदा विपी राजमार्गको नेपालथोक–मङ्गलटार सडकखण्ड अवरुद्ध हुँदै आएको छभने गाउँपालिको ८ नं चारसयबेंसीमा माथिबाट लेदो झरेका कारण कटुञ्जे–मङ्गलटार सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीले अवरुद्ध सडक खुलाउन स्थानीय निकाय तथा सडक विभागसँग समन्वय भइरहे पनि प्रतिकूल मौसमका कारण अवरुद्ध राजमार्ग सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ । रासस