काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन् ।
उनी उमेर हदका कारण कार्यकारी भूमिकाबाट यसै महाधिवेशनबाट बाहिरिएका थिए ।
एमाले विधान अनुसार सल्लाहकार परिषदको अध्यक्ष पदेन स्थायी कमिटी सदस्य हुने व्यवस्था छ । बोहोरा यसअघि अनुशासन आयोगको अध्यक्ष थिए ।