२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारविरुद्ध कांग्रेसकै शैलीमा राजपा पनि उत्रिने



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनता पार्टी सांसद लक्ष्मणलाल कर्णले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले रोस्ट्रम घेरेपछि मात्र आफ्ना कुरा सुन्ने भए ‘रोस्ट्रम घेर्ने’ चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसले ओली सरकारविरुद्ध खबरदारी गर्न पटक–पटक रोस्टम घेर्दै आएको छ । अब राजपा समेत कांग्रेसकै शैलीमा उत्रिने देखिएको छ ।

आफूहरूले पटक–पटक उठाउँदै आएको र संसद्ले समेत ‘रुलिङ’ गरेको विषयमा सरकारले सुनुवाई नै नगरेकाले आफूहरू कडा रूपमा प्रस्तुत हुनुपर्ने अवस्था सिर्जना भएको उनले बताए ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा ‘विशेष समय’ माग गर्दै सांसद कर्णले संसद््मा राजपाले प्रारम्भदेखि नै बोलिरहेको तर बेवास्ता गरिएको भन्दै सभामुखसँग प्रश्न गरे, ‘के रोस्ट्रम घेरेपछि मात्रै सरकार बोल्ने चलन हो ?’

उनले आफूहरू रोस्ट्रम घेर्न नडराएको सभामुखसमक्ष स्पष्ट पारे । ‘हामी रोस्ट्रम घेर्न डराएका होइनौं,’ उनले भने, ‘संख्यामा कमी होला तर यो परम्परा नबसोस् भन्ने हाम्रो चाहना हो ।’ आफूहरू पनि आन्दोलन गर्न तयार रहेको भन्दै उनले लोकसेवा आयोग विज्ञापनमार्फत फेरि मधेसी जनतामाथि तरबार चलाइएको टिप्पणी गरे ।

संसदीय समितिले लोकसेवा विज्ञापन संविधानसम्मत नभएको ‘कबुल’ गरेको स्मरण गराउँदै सांसद कर्णले हालसम्म पनि मन्त्रीले त्यो नगरेको बताए । उनले ‘मन्त्री र आयोगले यसलाई स्वीकार किन गरेको हो’ भन्दै जानकारी पाउनुपर्ने मागसमेत राखे ।

‘मन्त्रीले समितिको धज्जी उडाए,’ उनले भने, ‘सत्ता पक्षले पनि लोकसेवाको विधेयक खारेजी माग गरेर सडकमा उत्रिएका छन् । मन्त्रिपरिषद्मा बसेर निर्णय गर्नेहरू नै किन विरोधमा छन् ?’

चौथो मधेस आन्दोलन गर्नुपर्ने अवस्था सरकारले सिर्जना गर्न लागेको उनको आरोप छ । ‘के सोचेको हो सरकारले ? समानुपातिक अधिकार खोसेको हो रु’ सांसद कर्णले भने, ‘संविधानले दिएको अधिकार कसरी मन्त्री र आयोगले नटेर्न पाइन्छ ।’

उनले सरकार र सडक दुवै सत्ता पक्षले कब्जा गरेको आरोपसमेत लगाए । लोकसेवा आयोगको विज्ञापन विषयमा कुरा उठाउँदै उनले यस्तो बताएका हुन् ।

माइतीघर मण्डलामा मंगलबार यसको विरोधमा सत्तापक्षकै सांसदले भाषण गरिरहेको भेटेको भन्दै उनले दोहोरो चरित्र देखिएको आरोपसमेत लगाए । ‘संयोगले माइतीघरमण्डलामा गएको थिएँ, त्यहाँ सत्तापक्षका माननीयज्यू विज्ञापन खारेज गर्न भनिराखेका थिए,’ उनले भने, ‘सडक पनि सत्ताको, राज्य पनि सत्ताको, प्रतिपक्षी कहाँ जाने ?’

लोकसेवा आयोगको विज्ञापनले संविधानको आत्मा निकालेको कर्णको ठम्याइ छ । ‘समावेशी समानुपातिक संविधानको आत्मा थियो,’ उनले भने, ‘समानुपातिक समावेशी झिकेर आत्मा उडाइयो । हामी मधेसी जनजातिको अधिकारमाथि तलबार चलाइयो ।’ उनले सप्तरीमा बाटो बन्द गरेर आन्दोलन भइरहेको जानकारी गराउँदै वर्तमान विज्ञापन नमान्ने घोषणासमेत गरिएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।




भर्खरै